पर्सा वैशाख ३० गते । पर्सा जिल्लामा एकैदिन ३९ र बाराका एकजना संक्रमित भेटिएपछि उनीहरुलाई उपचार गर्ने समस्या उत्पन्न भएको छ ।
पर्सामा भेटिएका संक्रमितलाई वीरगन्जको नारायणी अस्पतालमा २ महिने शिशुसहित २९ जनाको उपचार भइरहेको छ ।
पर्सा र बारा गरी ४० जना संक्रमित भेटिएपछि कहाँ भर्ना गर्ने भनि समस्या उत्पनन भएको छ । खुला सीमा भएकाले यो क्षेत्रमा सयौं बिरामी पनि फेला पर्न सक्छन्,’ वीरगन्जको नारायणी अस्पतालका डा। निरज कुमार सिंहले भन्नुभयो ।
पर्सामा भेटिएका संक्रमितलाई वीरगन्जको नारायणी अस्पतालमा राख्न सुरुमा ५ वटा आइसोलेसन बेड तयार पारिएको थियो । पछि त्यसलाई आन्तरिक विस्तार गरी २५ बेड बनाइएको थियो ।
जेनरल अस्पतालका रुपमा रहेको नारायणी अस्पताललाई नै कोभिड अस्पताल बनाउने केन्द्रको निर्णय, प्रदेश तथा स्थानीय सरकारहरुको फितलो पूर्वतयारीले महामारीमा ठूलो समस्या निम्तिन सक्ने सिंहले बताउनुभयो । ‘
आज भेटिएका सबै स्थानीय हुनुहुन्छ ।
No comments: