» » घरमै इद मनाउन महन्थ ठाकुरको आग्रह

काठमाडौं जेठ ११ गते । जनता समाजवादी पार्टी नेपालका नेता महन्थ ठाकुरले लकडाउनको नियम पालन गर्दै आआफ्नै घरमा इद मनाउन आग्रह गनुृभएको छ ।

ईद ऊल फितर (ईद) को पावन अवसरमा नेता ठाकुरले आज एक विज्ञप्ति जारी गरी नेपाल लगायत विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना महामारीको कारणले गर्दा लकडाउन रहेकोले नियमको पालना गर्दै आआफ्नो घरमै ईद्को नमाज पढेर परिवारसङ्ग खुसीको साथ ईद मनाउन आग्रह गर्नुभएको छ ।

साथै उहाँले कोरोना भाइरस बाट आफू सुरक्षित रहि अरुलाई पनि सुरक्षित रहनको लागि सहयोग गर्न पनि अपिल गर्नुभएको छ ।

उहाँले ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद ऊल फितर (ईद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई शुभकामना पनि व्यक्त गर्नुभएको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..