काठमाडौं जेठ १०–प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालले संविधान संशोधनको बारेमा छलफल गर्दैछ ।
काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा भइरहेको छलफलमा सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्नका लागि हुन लागेको संविधान संशोधनको बारेमा कुराकानी हुने बताइएको छ ।
सरकारले गर्न लागेको संविधान संशाधेनमै मधेशी, आदिवासी जनजाति लगायत अन्य समुदायले माग गरेको संविधान संशोधनलाई पनि समावेश गराउने विषयमा दुई दलबीच छलफल हुन लागेको बताइएको छ ।
जसपा नेपालले प्याकेजमै संविधान संशोधनका लागि सरकारलाई आग्रह गरेको छ । संविधान संशोधनको माग राख्दै मधेशवादी दलहरुले आन्दोलन गर्दै आइरहेको छ । संविधान संशोधनको विषयमा सरकारसँग पटक पटक सहमति भए पनि हालसम्म संशोधन नभएको दावी मधेशवादी दल गरेको छ ।
यसपटक सरकारले नक्साको विषयलाई लिएर संविधान संशोधन गर्न लागेको छ । त्यसमा दुई तिहाई बहुमतका लागि काँग्रेसलगायत अन्य दलको पनि आवश्यकता पर्न सक्छ त्यसैले मधेशवादी दलले काँग्रेससँग छलफल गरिरहेको बताइएको छ ।

No comments: