महोत्तरी, जेठ ९ गते । छिमेकीको घाँटी थिचेर हत्या गरेको अभियोगमा सोन्मा गाउँपालिका ३ रघुनाथपुर बस्ने २७ वर्षीय जयनाथ यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही गाउँपालिका ७ सुन्दरपुर बस्ने ६७ वर्षीय दिपलाल यादवलाई जयनाथ यादवले सार्वजनिक पोखरीमा घाँटी थिचेर सोही पोखरीमा डुबाई मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments: