» » बाँकेमा देखियो एकैदिनमा ४७ जनामा कोरोना संक्रमित

काठमाडौं जेठ ५ गते । बाँके जिल्लामा एकै दिन ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा भएको परीक्षणबाट एकैपटक ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालको  प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको पाइएको हो । जसमा एक महिला र ४६ पुरुष रहेका छन् । जिल्लामा यसअघि नै ३४ जना संक्रमित देखिएकोमा यो सहित संक्रमितको संख्या ८१ पुगेको छ । आज थपिएका संक्रमितको २ दिनअघि स्वाब लिइएको थियो ।


नरैनापुरको वडा नम्बर २ को आदर्श मावि लक्ष्मणपुरबाट ८७, वडा नम्बर ५ को दिपेन्द्र मावि, भोज भगवानपुरबाट ३९ (१ जना मृत्यु), वडा नम्बर ५ कै नेरा प्रावि, हुलासपुरबाट ७२ र वडा नम्बर ६ को जयकिसन मावि, भगवानपुरबाट ६५ जनाको स्वाब लिइएको थियो ।


यी बाहेक ११ जनाको आइतबार स्वाब लिइएको छ । ८ जना संक्रमितमध्ये २ जनाका परिवार ससुराली गएको पाइएपछि आफन्तको समेत स्वाब लिइएको थियो । अन्य विवरणबारे बुझ्ने क्रम जारी रहेको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद गिरीले जानकारी दिनुभयो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..