काठमाडौं जेठ २ गते । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ । जेठ ५ गतेपछि मोडालिटीमा परिवर्तन ल्याउने उच्चस्तरीय समन्वय समितिले आज निर्णय गरेको छ ।
स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लक डाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताउनुभयो । उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिम रहेको क्षेत्र छुट्याएर मोडालिटीमा परिवर्तन ल्याउने उहाँले बताउनु भयो ।
त्यसैगरी समितिले अध्ययन वा अन्य कामको शिलशिलामा जापान र हङकङमा बस्दै आएका तर लक डाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टड फ्लाइट मार्फत पठाउने निर्णय पनि गरेको छ। सचिव विडारीले लक डाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रकृया पुरा गरी पठाउने निर्णय भएको बताउनुभयो ।

No comments: