» » नेपालमा थप ५७ जनामा कोरोना संक्रमण

काठमाडौं वैशाख ३० गते । नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार नयाँ ५७ जनामध्ये पर्सामा ३९, रुपन्देहीमा नौ र कपिलवस्तुमा ८ र बारामा  एकजना संक्रमित भेटिएका छन् ।

योसँगै नेपालमा संक्रमितको सँख्या १९१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणपछि संक्रमण पुष्टि भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभयो ।

संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उहाँले बताउनुभयो ।
प्रदेश नम्बर २ को बारा, रौतहट र धनुषा र सप्तरीमा पनि कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारामा ३, रौतहटमा ३, धनुषा र सन्तरीमा १–१ जनामा कोरोना पुष्टि भइसकेको छ ।

प्रदेश नम्बर २ मा ३ जनामा कोरोना निको भएका छन् । पर्सामा ३  र रौतहटमा १ जना गरी निको भएका हुन् ।

यसअघि पर्साको छप्कैयाको स्थिति भेटिएका मध्ये १८ जना एकै परिवारका सदस्य भएको पाइएको थियो ।
आज थप ५७ जना भेटिएसँगै देशभर कोरोना संक्रमितको संख्या १९१ जना पुगेको छ ।

 त्यसमा ३३ जना निको भएका छन् ।


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..