काठमाडौं जेठ ३–भारत सरकारले ३० हजार व्यक्तिको जाँच क्षमताको कोभिड–१९ पिसिआर टेस्ट कीट नेपाललाई सहयोग गरेको छ ।
भारत सरकारका तर्पmबाट नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आइतवार कोभिड–१९ पिसिआर हस्तान्तर गरेका छन् ।
सो टेस्ट कीट पुनाका माईल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु हस्तान्तर गरिएको दूतावासले जनाएका छ ।
भारतीय जनताकातर्फबाट नेपाली जनताका लागि उपहार स्वरुप प्रदान गरिएको सो टेस्ट कीटहरुको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले तीस हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्ने दूतावासले विश्वास व्यक्त गरेको छ । .
यसैगरि, गत वैशाख १० गते राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधी हस्तान्तरण गरेका थिए । औषधी र परीक्षण कीटको हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौती विरुद्घ तयार रहन, सामना गर्न तथा एकसाथ लड्न दुई देशका नेता एवम जनता बीचको सहकार्यमा जोड दिएको छ ।
२०७६ चैत्र २ मा भारतका प्रधानमन्त्रीले सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गरेसँगै यी पहलकदमीको सुरुवात भएको दूतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

No comments: