» » कलाका कुराको ३८ औं शृङखलामा कृष्ण मानन्धर


काठमाडौं । प्रख्यात कलाकार तथा प्राध्यापक कृष्ण मानन्धरले कलाका कुरामा आफ्नो अनुभव सुनाउनु भयो । नेपाल ललितकला पत्रकार समाजको नियमित कार्यक्रम कलाका कुरामा मानन्धरले सानै देखि कलामा रुचि छोराको चाहना बुझेर बुवाले तत्कालिन जुद्धकला पाठशालामा भर्ना गरिदिएको बताउनु भयो ।  २०२६ साल ताका कलाका उच्च अध्ययनका लागि भारतको बम्बै स्थित जेजे कलेजमा अध्ययन गर्नुभएको हो । उहाँ भारतबाट अध्ययन गरेर आएकै वर्ष सन् २०७१ मा शशि शाह, वत्सगोपाल बैद्य,, इन्द्र प्रधान र कृष्ण मानन्धर मिलेरे स्किव समुहको सुरुवात गरेका थिए । स्किव समुहबाट यी कलाकारहरुले लामो समय नेपाली कला क्षेत्रमा वर्चश्व कायम गर्न सफ थिए ।
कृष्ण मानन्धर कला शिक्षणमा लगभग ३४ वर्ष संलग्न हुनुभयो । पहिला पहिला १०० जना जति राखेर कलाको कक्षामा पढाउनु पर्ने वाध्यता थियो । देशमा एक मात्र कला क्याम्पस भएकाले यो चाप हुन पुगेको थियो । अन्यत्र पनि क्याम्पस खोल्ने योजना बनाएर जादाँ त्रिविका पदाधिकारीले अन्य स्थानबाट माग नभएकाले सम्बन्धन दिन नसकिने जानकारी दिएर पन्छिन्थे । प्रयत्न सार्थक हुन सकेन र लामो समय ललितकला क्याम्पस एक्लो क्याम्पसका रुपमा रहन पुगेको दुखेसो पोख्नु भयो ।
 कलाकारले समेत चासो नरहेको र राज्यको उदासिनताका साथै कलाको क्रय विक्रय कम हुने हुदाँ नेपालमा कलाको उपदेयता र विस्तार हुन नसकेको उहाँको ठम्याई छ । आमजनमा कलामा रुचि नहुनु र कलाकारले पनि बुझाउदै जान नसकेका कारण यो विधाले सोचे अनुसार प्रगति गर्न नसकेको अनुभव छ ।
मानन्धरले कलाको संकलन नहुनु, ४÷५ सय वर्ष पुराना चित्रहरु पाउन नसकिने अवस्था छ । पुराना कलाकृति पाइयो भने पनि कलाकारको नाम थाह पाउन नसकेको अवस्थाले गर्दा अग्रजको सम्मान र भुमिका गौण रहेको छ । त्यसैले कलाको बारेमा सम्बन्धीत निकाय मौन भएर बसिददिा कला र समग्र इतिहास नै अपुरो रहेको तर्क राख्नु भयो ।
नारायणबहादुर सिंहले कलाको खोज अनुसन्धानमा उहाँले ठूलो योगदान दिनुभएको थियो । स्किवलाई पनि उठाउन ठूलो योगदान रहेको छ । तर आवश्यक्ता अनुसार नेपालमा कला लेखक र समिक्षक उत्पादन हुन सकेका छैनन् । स्किवले नारायण्बहादुर सिंहलाई सम्झन यङ आर्टिष्ट ग्रपलाई जिम्मेवारी दिएका थियो । केही समय गतिविधी गरेर सो संस्था पनि अहिले निस्कृय भएकाले नारायणबहादुर सिंहलाई सोचे अनुरुप उहाँको योगदान अनुरुप सम्मान गर्न नसकिएको उहाँको भनाई रहेको छ । कलालेखक, अन्वेशकको आवश्यक्तालाई उहाँले औंल्याउनुभयो ।
कला अध्ययनका क्रममा पहिला दृष्यचित्रहरु निकै वनाउनु भएको थियो । पहिला पहिला साह्रै प्रोत्साहन गरिन्थ्यो तर पछिल्ला वर्षहरुमा यो भन्दा त्यहि चित्रहरु देखेर शिक्षकले नया बनाउन सुझाउथे । नयाँ कसरी बनाउने भनेर सोच्नै सकेको थिइन । यहि क्रममा एक दिन कलेज संगै रहेको सितार वादनको कार्यक्रम हेर्न जादाँ सितारको धुनमा कला देख्न थाले र त्यहि भावनालाई चित्रण गरे । सबैले चित्रलाई राम्रो माने  र अमुर्त कलामा मेरो पर्दापण भयो । यस बाहेक इमोशन, पहाड, हिमाल र पहाडका तरेलीका साथै संगीतका चित्रहरु खुब बनाउनु भयो । रुख, हिमाल, पहाड आदि सबै देखेको भन्दा उहाँले मनले बुझेको रुपमा चित्रण गर्नुहुन्छ । अमुर्त कला भनेको मनको भावना व्यक्त गर्ने माध्यम हो यसमा रङको पनि निकै महत्व रहेको हुन्छ । रङले क्यान्भासमा सङगीत भर्ने काम गर्दछ । रङको धारलाई बुझेर प्रयोग गरेको खण्डमा चित्र राम्रो अवश्य बन्छ भन्ने मान्यता मानन्धर राख्नुहुन्छ ।
कला विकासका लागि सातै प्रदेशमा कम्तिमा ७ वटा क्याम्पस खोल्नै पर्छ । नेपाली कलाकारले बनाएका कलाकृति सङकलन गर्ने निकाय र ग्यालरी म्युजियम आदि खोल्नु पर्ने जरुरी देख्नुहुन्छ कलाकार मानन्धर । नेपालमा कलाग्राम बनाउन सकिए नेपाली कलाले प्रवद्र्धन गर्ने अवसर सृजना हुन्थ्यो । कलाग्राम बनाउन सकिए देशीविदेशी कलाकारले एक स्थानमा बसेर कला सृजना गर्ने , अनुभव आदानप्रदान गर्ने सहज वातावरण बन्ने थियो । विदेशी कलाकार लामो समयका लागि आएर यहाँ बसेर नेपाली विषयलाई कलामा उतार्थे र नेपालको प्रचार प्रसार हुनेछ । यसका लागि पनि अन्तराष्ट्रिय कलाग्रामको नितान्त आवश्यत्ता रहेको उहाँको बुझाई छ ।
राज्यले कलालाई खास केहि दिन सकेको छैन भन्दै उहाँ थप्नुहुन्छ—जेनतेन विरेन्द्र कला संग्रहालयका लागि केहि कलाकारका कलाकृति संकलन भएका थिए । यद्यपि यसले घनिभुत रुपमा आकार ग्रहण गर्न सकेको थिएन । अझ भुकम्पले त ति संकलित कलाकृतिहरु पनि विग्रने अवस्था रहेको छ । इतिहास मेटिने खतरा प्रति निकै दुख लागेको बताउनु भयो । अन्य क्षेत्रमा राज्यको थोरै आँखा पुगेको भए पनि कलामा राज्यको संलग्नता र भुमिका नहुनु मुख्य रहेको छ । एकेडेमीबाट ठूला योजनाका लागि राज्यलाई घच्घचाउनु पर्छ । कोरोनाको प्रभावलाई चिरेर अगाडी बढ्न भर्चअल माध्यमलाई साथ लिएर अगाडी बढ्न जरुरी रहेको मानन्धरको बुझाई रहेको छ । कार्यक्रमलाई कला पत्रकार देवेन्द्र थुम्केलीले सहजिकरण गर्नुभएको थियो भने प्रोसिस सोलुशनले प्राविधकि सहायता प्रदान गरेको थियो ।

About Staff Reporter

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..