» » राजपा नेपालले सरकारसँग माग गरेका कुराहरु


प्रेस विज्ञप्ति
                                                                                                                                     मिति २०७६-१२-२१
कोरोना भाइरस (कोभिड १९) को महामारी दिनानुदिन झन बढ्दै गइरहेको अवस्थामा सरकार अझ गम्भीर र जिम्मेवार बन्नुपर्ने भएकोले राजपा नेपालद्वारा सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं र यस माहामारीबाट जोगिन तथा लक डाउनलाई प्रभावकारी बनाउन धैर्यताका साथ आ(आफ्नो घरमै बस्न सम्पुर्ण नागरिकसंग हार्दिक अपील गर्दछौं ।

यस्तो महामारीको वेलामा पनि सरकारद्वारा अत्यावश्यक स्वास्थ्य सामग्रीहरु अहिलेसम्म पनि पर्याप्त मात्रामा उपलब्ध गराउन नसक्नु दुखद र गैरजिम्मेवारीको पराकाष्ठा हो त्यसमा पनि अझ खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचारको खबरले जनमानसमा अत्यन्तै खराब सन्देश गरेकोले तत्काल सत्यतथ्य छानबिन गरि दोषीहरु माथि कडा भन्दा कडा कार्वाहीको मांग गर्दछौं ।

नेपाल र भारतको सिमानाकामा नेपाली नागरिक अलपत्र अवस्थामा रहेकोले तत्काल ती नागरिकहरुलाई स्वदेश ल्याउन बाताबरण बनाउने र स्वास्थ्य चेकजाँच गरि शंकास्पद व्यक्तिहरूलाई क्वारेन्टाइन मा समेत राख्न आग्रह गर्दछौं ।

अत्यावश्यक उपभोग्य वस्तु र राहत सामग्रीहरु वडा तहबाटै आम नागरिक सम्म पुर्याउने निर्णय सरकारले गरे पनि आजको दिन सम्म पनि कार्यान्वयन नभएको हुनाले केन्द्र सरकार ,प्रदेश सरकार र स्थानीय तहालाई जिम्मेवार हुन र तत्तपरता देखाउन ध्यानाकर्षण गराउन चाहन्छौं ।

शरतसिंह भण्डारी
संयोजक, राष्ट्रिय जनता पार्टी नेपाल

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..