जनकपुर वैशाख ६ गते । जनकपुरमा पैसा फालेर भाग्ने महिलामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
शुक्रवार पैसा फालेर भागेको आरोपमा जनकपुरका प्रहरीले ती महिलालाई शनिवार पक्राउ गरी कोराना भाइरस परीक्षण गर्दा नतिजा पोजेटिभ आएको छ ।
प्रादेशिक अस्पताल जनकपुर स्रोतका अनुसार सो अस्पतालमा आज उनीहरुको आरडिटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।
उनीहरुको अहिले पिसिआर विधिबाट टेस्ट भइरहको छ । शुक्रबार जनकपुरको महावीर चोक स्थित पेठीया बजार जाने सडकमा १० को नोट फालेर उनीहरु भागेका थिए ।
भागेपछि सीसीटीभी भोटेजको आधारमा उनीहरुलाई खोज्ने काम प्रहरीले गरिरहेको थियो । स्थानीयको सूचनाका आधारमा शनिवार जानकी मन्दिरको छेउबाट उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउपछि समान्य सोधपुछ गरी उनीहरुलाई प्रादेशिक अस्पतालमा जाँचका लागि पठाइएको थियो ।
दुवैजना नातामा नन्द र भाउजु रहेको प्रहरीले जनाएको छ ।
कोरोना भाइरसको महामारी चलिरहेको हुनाले ती महिला त्यो भाइरस नै छाडेर भागेको आशंका धेरैले गरेका थिए । भाइरस पोजेटिभ भएपछि जनकपुरका जनता त्रसित भएका छन् । उनीहरुले जहाँ जहाँ पैसा फालेको थियो ती सबैतिरका जनता भयभित भएका छन् ।
पक्राउ पर्नेमा धनुषा धनौजी गाउँपालिकाका ५ बहुअर्वा बस्ने ५० वर्षीय अमुना खातुन र उनका नन्द वडा नम्बर ७ बस्ने अनिला खातुन रहेकी छिन् ।
हिजो मात्र उदयपुरबाट १२ जना भारतीय मुस्लिममा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । यसअघि तीनजना भारतीय मुस्लिम पर्सामा पनि कोरोना भाइरस संक्रमित भेटिएका थिए । दिल्लीबाट थुप्रै मुस्लिम जमातीहरु नेपाल छिरेका छन् । र, त्यसको असर विस्तारै विस्तारै देखि रहेको छ ।

No comments: