» » सिल गरिएको ठाउँमा खाद्यान्न आपूर्ती गर्न सांसद यादवको माग

पर्सा वैशाख ३ गते ।  प्रतिनिधिसभा सदस्य एवं समाजवादी पार्टीका केन्द्रीय सदस्य प्रदीप यादवले जीवन रक्षाका लागि खाद्यान्न आपूर्ती र र्यापीड टेस्टको मांग गर्नुभएको छ ।

 वीरगन्जको छप्कैयास्थित मस्जिदसंगै रहेको यतिमखानामा बसेका तीनजना भारतीय मुस्लिम धर्मप्रचारकहरुमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण पुष्टि भएपछि स्थानीयमा भयको अवस्था छ ।

त्यसले गर्दा प्रहरी र प्रशासनले आवश्यक कडाई अख्तियार गरेको छ र भने छप्कैया क्षेत्र यतिखेर सिल गरिएको अवस्था छ । त्यहाँ आवतजावत बन्द छ र आवश्यक बस्तुको पसलहरु बन्द गरिएका छ । सावधानीको दृष्टीकोणले प्रशासनको यो कदम आवश्यक पनि रहेको तर, यसबाट केही मानवीय संकटहरु समेत सिर्जना भएकोतिर सबैको ध्यानाकर्षण उहाँले गराउनु भएको छ । 

आफ्नो बिज्ञप्तिमा सांसद यादवले सो क्षेत्र सिल भएपछि अत्यावश्यक बस्तुको अभाव सिर्जना भई हजारौं मानिसहरु भोकमरीको मुखमा पुगेका छन् , इन्धन, खाद्यान्न र जीवन धान्ने अन्य अत्यावश्यक बस्तुको अभावले मानिसहरुको जीवन कठिन भएको बताउदै सम्बन्धि क्षेत्र सिल गरेपछि त्यहाँ अत्यावश्यक बस्तुको आपुर्ती सरकारी स्तरबाट गरिनुपर्ने बताउनुभयो ।

भारत र अन्य देशहरुको उदाहारण दिँदै सिल गरिएको ठाउँमा खाद्यान्नको अविलम्ब व्यवस्था गर्न उहाँले गृहमन्त्रालयसँग आग्रह गर्नुभएको । सांसद यादवले सो छपकैया क्षेत्र सिल भएको एरियामा हजारौं जनता भोकले समस्या परेकोले ती भोकपेटले विद्रोह निमत्याउने सचेत गराउनु भएको छ ।

सिल गरिएको क्षेत्रमा घरघरमा ‘रेपिड टेस्ट’ गरेर त्यहाँको अवस्थालाई सहज र जोखिम न्युनीकणर गर्न र  सो कारण त्यतातिर पनि अबिलम्ब कदम बढाउन उहाँले माग गर्नुभएको छ । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..