![]() |
दल दर्ताका लागि निवदेन दिँदै जसपा नेपालका नेताहरु |
नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवा संघ नेपालका अमित लामा र अधिवक्ता विपिन ढकालले नेपाललाई ‘बहु राष्ट्रिय राज्य’ कायम गर्ने उद्देश्य राखेको भन्दै सो पार्टीलाई दर्ता नगर्न आग्रह सहित आयोगमा उजुरी हालेको छ ।
‘बहु राष्ट्रिय राज्य’ भन्ने व्यहोरा नेपालको संविधान विपरित रहेका भन्दै अमित लामाले त्यसलाई रोक्नका लागि आफूहरुले निवेदन दर्ता गराएको बताउनुभयो ।
समाजवादी पार्टी र राजपा नेपालले गरेको सहमती पत्रका पहिचानमा आधारित संघीयता, सहभागीतामुलक समावेशी लोकतन्त्र, बहुराष्ट्रिय राज्य सुहाउँदो समाजवादी, समाजिक न्याय, सुशासन समृद्धि र बहुसाँस्कृतिक राष्ट्रवादको विकास गर्न जरुरी छ भनि उल्लेख गरिएको छ । बहु राष्ट्रिय भन्नाले छुट्टै देश भन्ने अर्थ झल्कने गरी दल दर्ता प्रस्ताव गरिएको उजुरी पत्रमा उल्लेख छ ।
‘पार्टीले प्रयोग गर्ने भनिएको झण्डा समेत बुर्किमा फासो देशको झण्डासँग मेल खाएकोले त्यसले परराष्ट्र सम्बन्धमा प्रतिकुल असर पर्न सक्ने भन्दै अमितले पार्टी दर्ता नै शंकास्पद रहेको कारण आफूहरुले सो दर्ता नहोस् भनेर निवेदन दिएको बताउनुभयो ।
तर युवा संघका अध्यक्ष रामप्रसाद दाहालले आयोगमा परेको उजुरी युवा संघको आधिकारी उजुरी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, त्यो उजुरी युवा संघको संस्थागत होइन, संघका केही व्यक्तिले व्यक्तिरुपमा उजुरी दिएको होला त्यो मलाई थाह छैन तर युवा संघले उजुरी दिएको होइन ।
No comments: