काठमाडौं वैशाख ११ गते । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाल कम्युनिस्ट पर्टी (नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टी फुटाउन नसकेको प्रतिकृया दिनुभयो ।
दल दर्ताका लागि निर्वाचन आयोग पुगेका अध्यक्ष यादवले सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री ओलीले समाजवादी पार्टी फुटाउने देखेका सपना पुरा नभएको प्रतिकृया दिनुभयो । पार्टी फुटाउने नेतृत्व गरेकी रेणु यादव पार्टीकै सम्पर्कमा रहेको र उहाँ पार्टीको काममा लागेको बताउनुभयो ।
समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टी फुटाउने हल्ला मात्र हो, समाजवादी पार्टी नफुट्ने बताउनुभयो । उहाँले पार्टी फुट्दै छ भनि हल्ला मात्र रहेको प्रतिकृया दिनुभयो ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टी र राजपा नेपाललाई फुटाउन नसकिने बताउनुभयो ।
उहाँले समाजवादी पार्टी र राजपा नेपाललाई फोड्ने प्रयास गर्नुभएको थियो अब त्यो फुटदैन नेकपामा नै फुट्न लागेको प्रतिकृया दिए ।
समाजवादी पार्टीका केन्द्रीय सदस्य डा.शिवजी यादवले लामो समयदेखि एकीकरणका लागि प्रयास भइरहेको थियो, अहिले यो संयोगले एकीकरण भएको बताउनुभयो ।
एकीकृत पार्टी विधि विधान अनुसार अगाडि बढ्ने बताउँदै उहाँले लकडाउन पछि एकताको अन्य प्रकृया शुरु गर्ने बताउनुभयो ।

No comments: