» » डा.सुरेन्द्र यादव पुगे मानव अधिकार आयोगमा

काठमाडौं, वैशाख १८ गते । नेपाल प्रहरी र सरकारी वकिलको कार्यालयले अपहरणको उजुरी दर्ता गर्न नमानेपछि जनता समाजवादी पार्टीका सांसद तथा पूर्वमन्त्री डा. सुरेन्द्र यादव राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् ।

विहीवार सांसद यादवले आयोगमा पुगेर आफ्नो जीवनरक्षा र घटनाको निष्पक्ष छानबिन गर्नका माग गर्दै उजुरी दर्ता गरेका हुन् ।

यसअघि महानगरीय प्रहरी परिसर, काठमाडौंले अपहरणको उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो । मंगलबार सरकारी वकिलको कार्यालय, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि मानव अधिकार आयोग पुग्नु परेको सांसद यादवले जानकारी दिए ।

बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए । डा. यादवले आफूलाई अपहरणको शैलीमा काठमाडौंमा ल्याएको बताउँदै आएका छन् । तत्कालीन समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरेका छन् ।

यसैबीच जनता समाजवादी पार्टीले सरकारी वकिल कार्यालयमा पत्र छाडेर गएको थियो । त्यो दर्ता भएको भएन भनि बुझ्नका लागि जनता समाजवादी पार्टीका तर्फबाट राखिएका वकिलहरु सरकारी वकिल कार्यालय जाने भएका छन् । निवेदन दार्ता गराउन दवाव दिनेछन् ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..