» » भारतद्वारा नेपाललाई २३ टन औषधी सहयोग

काठमाडौं बैशाख १० गते । भारतले कोभिड–१९ विरुद्ध संयुक्त रुपमा लड्नका लागि नेपाललाई २३ टन औषधी सहयोग गरेको छ ।

भारत र नेपाल बीच जारी सहकार्यको क्रममा भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सो २३ टन औषधी हस्तान्तरण गर्नुभएको हो । भारतका जनताका तर्फबाट नेपालका जनतालाई सो औषधी उपहार स्वरुप हस्तान्तरण गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

औषधीहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाखडोेज गरीे कुल ८.२५ लाख डोज अत्यावश्यक औषधि रहेका छन् । यस पहलले सबै अवस्था र परिस्थितिमा नेपाल र भारतबीच सहकार्य जारी रहने प्रतिबद्धतालाई दर्शाएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ को विश्वव्यापी महामारीविरुद्ध लड्न र जनतालाई सुरक्षित राख्न नेताहरुले प्रतिबद्धता जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७६ चैत्र २ गते सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गर्नुभएको थियो ।

 र सार्क कोभिड–१९ आपतकालीन कोषमा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने वाचा गर्दै सबै छिमेकी मित्र राष्ट्रलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । भारत तथा नेपालका स्वास्थ्यकर्मीबीच पनि यो महामारीको रोकथाम तथा नियन्त्रणका लागि आपसी सहकार्यमा प्रयत्न गरिरहेको दुतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..