» » १३ जनामा कोरोना पूष्टि भएको उदयपुरको भुल्केमा बसिन्दाको स्वाव संकलन

उदयपुर वैशाख ७ गते । १३ जनामा कोरोना पूष्टि भएको उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिद क्षेत्रका बासिन्दाको नेपाली सेनाको चिकित्सक टोलीले आइतबार स्वाबको नमूना सङकलन सुरु गरेको छ ।

कोरोना भाइरस सङ्क्रमण भएको छ कि भन्ने डरले गाउँलेहरु भयभित भइरहेको अवस्थामा नेपाली सेनाको सक्रियतामा सर्वसाधारणहरुको स्वाबको नमूना सङकलन सुरु भएको हो । यसबाट निकै आसा र उत्साह जगाएको स्थानीयवासिन्दा यदु ढकालले बताउनुभयो ।

काठमाडौबाट नेपाली सेनाको छाउनीस्थित अस्पतालका मेजर डाक्टर प्राची रायमाझीको नेतृत्वमा औषधसिहित दुईसय २० वटा स्वाब सङ्कलन किटसहित सेनाको हेलिकपटेरमा आएको चार सदस्यीय चिकित्सक टोलीले अपरान्ह मस्जिद आसपासका मुस्लिम समुदायका सवै परिवारका सदस्यहरुको स्वाब सङ्कलन गरेको हो ।

सो टोलीले भुल्केस्थित नेपाली सेनाको १८ नम्बर बाहिनीको फुटबल मैदानमा क्याम्प बनाएर स्वाब सङकलन कार्य सुरु गरेको नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा भुल्केका बाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।

पहिलो चरणमा मुस्लिम टोलका व्यक्तिहरुको स्वाब सङ्कलन सकिएपछि अन्य परिपरीका घरका मानिसहरुको दोस्रो चरणमा र भुल्के गाउँका प्रत्येक घरबाट एक एकजनाको तेस्रो चरणमा स्वाबको नमूना सङ्कलन गरिन उहाँले बताउनुभयो ।

देशकै सवैभन्दा धेरै कोरोना संक्रमित भेटिएको भुल्केमा ठुलो संख्यामा स्वाब संकलन गरी परीक्षण गर्नुपर्ने भन्दै जिल्लास्तरमा राजनैतिक दल, प्रशासन र स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुले आवाज उठाएका थिए । नजिकै नेपाली सेनाको बाहिनी अड्डासमेत रहेका कारण संक्रमित भेटिएको मस्जिद टोल र आसपासका क्षेत्रमा थप संक्रमण फैलिनबाट रोक्नका लागि ठुलो संख्यामा स्वाब परीक्षण गर्नुपर्ने स्थानीयले माग गरेकाछन ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ उच्चस्तरीय समन्वय समितिको संयोजनमा सेनाको चिकित्सक टोली मार्फत स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा स्वाब संकलन सुरु गरिएको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले बताउनुभयो ।
-गोरखापत्र अनलाइन

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..