» » पैसा फ्याकेर भाग्ने महिला पक्राउ

धनुषा वैशाख ६ गते । पैसा फ्याकेर भाग्ने महिला पक्राउ
धनुषा वैशाख ६ गते । जनकपुरमा जथाभावी पैसा फालेर भाग्ने महिलालाई आज प्रहरीले पक्राउ गरेको छ । जनकपुरको महावीर चोकमा शुक्रवार दुई जना महिलाले सडकमा  १० रुपियाँको नोट फ्यालेर भागेकी थिइन् ।

त्यसपछि सीसीटीभी फोटोको आधारमा प्रहरीले उनीहरुलाई खोज्न शुरु गरेका थिए । तीब्र खोजी भएपछि स्थानीयको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले ती दुई जना महिलाई पक्राउ गरेको हो । जानकी मन्दिर नजिकैबाट आज उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।


पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का हुन् । दुवैजना नातामा नन्द र भाउजु रहेको प्रहरीले जनाएको छ ।  सिसिटीभी फुटेजहरु झिकाएर अध्ययन गर्दा उनीहरुको भूमिका शंकास्पद देखिएको र प्रहरीले सार्वजनिक गरेको हुलियाका आधारमा  स्थानीयकै सहयोगमा ती महिलालाई पक्राउ गर्न सफल भएको उनले बताए । 

कोरोना भाइरसको महामारी चलिरहेको हुनाले ती महिला त्यो भाइरस नै छाडेर भागेको आशंका धेरैले गरेका छन् । र, हिजोदेखि त्यस क्षेत्रका स्थानीय जनता पनि त्रसित रहेका छन् ।
पक्राउ पर्नेमा धनुषा धनौजी गाउँपालिकाका ५ बहुअर्वा बस्ने ५० वर्षीय अमुना खातुन र उनका नन्द वडा नम्बर ७ बस्ने अनिला खातुन रहेकी छिन् ।

उनीहरुलाई जनकपुरस्थित प्रादेशिक अस्पतालमा लगेर कोरोना सम्बन्धि स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..