जनकपुर वैशाख ५–प्रदेश २ को जनकपुरमा २ जना महिलाले सडकमा १० रुपियाँको नोट छर्दै भागेको देखेर त्यहाँका स्थानीय त्रसित बनेका छन् ।
कोरोना भाइरसका कारण लकडाउनमा रहेका स्थानीयले त्यसरी एउटा महिला सडकमा रुपियाँ फ्याल्दै भागेको देखेर कोरोना भाइरस सार्न नै यस्तो गरेका हुन् कि भनि आशंका त्रसित भएका छन् । यद्यपी, प्रहरीले त्यसको अनुसन्धान गरिरहेको छ ।
जनकपुरको महावीर चोकमा अपरिचित दुईजना महिलाले सडक र पसल अगाडी रुपियाँ फालेर भागेका हुन् । निलो र हरियो रंगको साडी लगाएका ती महिलाले करिब सय मिटरको दूरीसम्म सडक र पसल अगाडी १० रुपैयाँको नोट फ्यालेको स्थानीयवासीहरुले बताउँछन् ।
सडकमा पैसा किन फ्यालेको स्थानीयवासीले सोधेपछि उनीहरु भागेको बताइन्छ । ‘निलो र हरियो रंगको लुगा लगाएकी मुस्लिमजस्तै देखिने दुईजना महिलाहरु पैसा फ्याल्दै हिँडेको आफूहरुले देखेको र पैसा किन फ्यालेको सोधेपछि उनीहरु भागेको महावीर चोकका शंकर साहले बताए ।
घटनालगत्तै स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी टोलीले नोट छरिएको ठाउँमा तत्कालै सेनिटाइजर छर्केको छ । सडकमा छरिएका केही नोट प्रहरीले समेत टिपेको छ । अरु तीनचार जना सर्वसाधारणले पनि फ्यालिएको नोट सडकबाट उठाएको र उनीहरुको खोजी भइरहेको बताइएको छ ।

No comments: