» » प्रहरीले डा.सुरेन्द्र यादव अपहरण सम्बन्धी उजुरी लिन मानेनन्

काठमाडौं वैशाख १४ गते । जनता समाजवादी पार्टीले आफ्ना सांसद अपहरण गरिएको भन्दै दिइएको जाहेरी प्रहरीले लिन नमानेपछि सो पार्टीका नेता डा. बाबुराम भट्टराईले समाजिक सञ्जालमार्फत आक्रोश पोख्नु भएको छ ।
 सांसद अपहरण प्रकरणमा संलग्नमाथि कारबाही माग गर्दै किटानी जाहेरी दिन काठमाडौंस्थित टेकु पुग्दा दर्ता गराउन लागेको किटानी जाहेरी दर्ता नगरेपछि उहाँले सरकारले कानुनी राज्य र नागरिकको जीवन रक्षा गर्ने सम्बन्धमा प्रश्न उठाउनु भएको छ ।

 ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’ उहाँले भन्नुभयो ।

घटना महोत्तरी जिल्लाको भएको भन्दै काठमाडौंका एसपी र डीएसपीले जाहेरीका लागि महोत्तरी नै जानका लागि भनेका छन् ।

यता, जनता समाजवादी पार्टीका नेताहरु भने काठमाडौंमा नै उजुरी दिने अडान लिइरहेका छन् । ऐनमा जाहेरी लिने भन्ने प्रष्ट व्यवस्था भएपनि डेढ घण्टा भइसक्दा पनि जाहोरी नलिएको जनता समाजवादीका नेता केशव झाले बताउनुभयो । उहाँका अनुसार काठमाडौंका एसएसपी आफूहरु जाहेरीका लागि आउने थाहा पाएपछि अफिसबाट बाहिर गएका छन् ।

मुलुकी फौज्दारी कार्यविधि सँहिता, २०७४ परिच्छेद – ४ अदालतको अधिकार क्षेत्र दफा ४६ (ङ) मानिसको अपहरण वा शरीर बन्धक सम्बन्धी कसूर भएकोमा त्यस्तो कसूर जुन क्षेत्रमा भएको छ वा जुन क्षेत्रमा अपहरण वा बन्धक बनाइएको ब्यक्ति राखिएको वा लुकाइएको वा थुनिएको छ त्यसमध्ये कुनै क्षेत्रको अदालतलेले त्यसमा बहस गर्न सकिने ऐनमा उल्लेख छ ।

टेकु महानगरीय प्रहरीका एसएसपीले जनता समाजवादीका नेताहरुलाई ‘म यो उजुरी दर्ता गर्न सक्दिनँ । तपाईँहरु जे गर्नुहुन्छ गर्नुस्’ भन्दै जवाफ दिएका थिए । उहाँले महोत्तरीको घटना भएकाले त्यहीँ गएर उजुरी दर्ता गराउँदा ठीक हुने राय समेत दिएको नेताहरुले बताउनुभयो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..