» » र्यापीड टेस्टमा पोजेटिभ देखिएका पोखराकी महिलाको पीसिआर टेस्ट निगेटिभ

पोखरा वैशाख ३ गते । र्‍यापिड टेस्टमा कोरोना भाइरस पोजेटिभ देखिएको पोखराकी एक महिलाको पीसीआर टेस्टमा नेगेटिभ आएको छ । त्यो महिला २७ दिन अघि दुवईबाट नेपाल फर्किनु भएको थियो । बुधबार उहाँको र्यापीड टेस्ट गरिएको थियो ।

त्यसमा कोरोना पोजेटिभ देखिए पनि पिसिआर मेसिनमा भने नेगेटिभ देखिएको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ ।

पोखरा महानगरपालिकाको १० र १२ वडाका ३४ जनाको नमुना आरडीटी विधिबाट परीक्षण गर्दा ती महिलाको नतिजा पोजेटिभ देखिएको हो । ‘उहाँमा कुनै लक्षण भने देखिएको थिएन । पोखरा महानगरले कोरोना संक्रमण फैलिन नदिन चैत महिनादेखि नेपाल भित्रिएका नागरिकमाथि र्‍यापिड टेस्ट सुरु गरेको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..