सुनसरी वैशाख ६ गते । हिजो उदयपुरको मस्जिदमा भोटिएका १२ जना कोरोना संक्रमितलाई मोरङको कोरोना अस्पतालमा भर्ना गरिएको छ । र्यापीड टेस्ट गर्दा उनीहरुलाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना गरिएको हो ।
प्रदेश १ सरकारले निर्माण गरेको कोरोना विशेष अस्पतालमा शनिवार उनीहरुलाई भर्ना गरिएको हो । उदयपुरको मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनामा कोरोना संक्रमण भेटिएको हो । उदयपुरको स्थानीय प्रशासनले कोरोनाको आशंकामा १६ जनालाई नै विराटनगर पठाएको थियो । जसमध्ये ४ जना भने मोरङको टाडीस्थित क्वारेन्टाइनमा रहेका छन् ।

No comments: