» » राहत र स्वास्थ्य सामाग्री माग्दा जागिरैबाट कर्मचारी हटाउनु भयो नगरप्रमुखले

सर्लाही वैशाख ५ गते । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरसफाईमा खटिएका ज्यालादारी तथा करारका कर्मचारीलाई जागिरबाट हटाएको छ । मलंगवा नगरपालिकामा कार्यरत करार तथा ज्यालादीका ४३ जना कर्मचारीलाई नगरप्रमुख निर्सल साहले हटाउनु भएको छ ।

उनीहरुले कोरोना महामारीको समयमा काम गर्न स्वास्थ्य सामाग्री तथा राहत माग गरेपछि नगरपालिकाले हटाएको छ ।

आफ्नो ज्यानको बाजी लगाएर यस्तो अवस्थामा समेत नगर तथा अस्पताललाई सफा गर्दै आएका उनीहरुलाई हटाएको छ ।

 सरसफाई कर्मचारी सुनिल मेस्तरले पटक पटक आफूहरुले सुरक्षा सामाग्री माग्दा समेत नगरपालिकाले उपलब्ध नगराएको र नेपाल सरकारले उपलब्ध गराएको राहत समेत नदिएकोले आफूहरु भोको तथा असुरक्षित भई काम गर्न नसक्ने जानकारी नगरपालिकालाई गराउँदा काम गर्न मन छ भने गर्नुस् नभए जानुस् भनेको दावी गर्नुभयो ।

उहाँले यो कस्तो न्याय हो खानलागि नेपाल सरकारले हामि जस्ताकै लागि राहत उपलब्ध गराएको तर हामिलाई नै नदिई माग्दा उल्टै हामिलाई जिम्मेबारीबाट हटाउनु ठूलो निरकुंशता रहेको टिप्पणी गर्नुभयो ।

उहाँले “हामिले सुरक्षित साथ काम गर्न माग राख्दा हामिलाई कामबाट निकाल्नु काहाँ को न्याय हो ? के आफुहरु यस पालिकाको जनता होइन र अनि यो बिभेद किन ? के हामि मतदाता मात्रै हौ हामिलाई सुरक्षित भई काम गर्ने अधिकार छैन ? आज उहाँहरुले नेपाल सरकारको लक डाउनको उलंघन गर्नु भएको छ तर खोई प्रशासनले उहाँहरुलाई कारवाही गरेको ?” भनि प्रश्न गर्नुभयो ।

मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले सरफाई कर्मचारीले पिपिई सेट माग गरेको तर स्वास्थ्यको कर्मचारीलाई त अहिलको समयमा पिपिई सेट उपलब्ध गराउन सकिरहेको छैन अनि  सरसफाई कर्मचारीलाई कसरी उपलब्ध गराउने भन्दै उनीहरुलाई नगरपालिकाले मास्क, बुट र पञ्जा उपलब्ध गराएको दावी गर्नुभयो ।

 उहाँले यो माहामारीको समयमा अनावश्यक माग राखी सरसफाईको काम रोकेपछि सरसफाई कर्मचारीको नाईके दर्शन मेस्तरलाई मौखिक सोधपुछ गर्दा काम नगर्ने प्रतिकृया दिएपछि बिहीबारको कार्यपालिकाको बैठकले हटाउने निर्णय गरेको उहाँले जानकारी गराउनुभयो ।

सरसफाई कर्मचारीहरुले ज्यालादारीमा काम गर्नेलाई नियुक्ति दिनुपर्ने, कोरोना महामारीको समयमा काम गर्नलाई पिपिई सेट (सरसफाई डे«स) उपलब्ध गराउनुपर्ने, कोरोनाको लागि तलवबाट कट्टा गरिएको रकम फिर्ता गर्नुपर्ने, करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको बिमा गर्नुपर्ने र प्रदेश सरकारबाट प्राप्त रकमबाट आफुहरुलाई पनि राहत उपलब्ध गराउनुपर्ने माग गर्दै फोहर उठाउने काम बैशाख १ गते देखि बन्द गरेको थियो ।

सरसफाई कर्मचारीले सरसफाई नगर्दा संक्रमणको खतरा उच्च रहने भएकाले तथा सरसफाई नगरी नगरलाई कुरुप बनाएको भन्दै मलंगवा नगरपालिकाको बोर्ड निर्णयले सरसफाईको काम गर्ने कर्मचारीलाई जिम्मेबारीबाट हटाएको मलंगवा नगरपालिकाका कार्यकारी प्रमुख होमनाथ सुवेदी ले जानकारी गराउनु भयो ।

उहाँले अर्को ब्यबस्था नहुन्जेलसम्म सरसफाईको सम्पुर्ण व्यवस्था गर्न सम्बन्धित वडालाई जिम्मेबारी दिएको समेत बताउनुभयो । उहाँले सरसफाई कर्मचारीले आफनो ब्यबहार सच्याएर आए पुनः कामको जिम्मेबारीका लागि सोच्न सकिने समेत बताउनु भयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..