» » र्यापीड टेस्टबाट पोजेटिभ आएका सप्तरीका दुईजना पीसीआर टेस्ट निगेटिभ

राजविराज वैशाख ३ गते । कोरोना भाइरस र्यापिड परीक्षणमा पोजेटिभ आएका सप्तरीका २ जनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । उनीहरु भारतबाट तब्लीगी जमातबाट भाग लिएर नेपाल फर्केका थिए ।


अस्पतालमा गरिएको आरडीटी परीक्षणमा २ जनाको रिपोर्ट पोजिटिभ आएपछि उनीहरुसँगै आएका ७ जनाको स्वाब संकलन गरी थप परिक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।


धरानस्थित अस्पतालमा भएको पीसीआर परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा।चुमनलाल दासले जानकारी दिनुभयो ।

आरडीटी परिक्षणमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ जना र खड्ग नगरपालिकाका १ जनामा पोजिटिभ रिपोर्ट देखिएको थियो । दुबै स्थानीय तहमा आज बिहानैदेखि सिल गरिएको छ ।

त्यस्तै मंगलबार आरडीटी परीक्षण गरिएका ७ जनासँगै दिल्लीको तब्लीगी जमातबाट आएका अर्का १ जना र अन्य २ जनाको बुधबार गजेन्द्रनारायण सिंह अस्पतालमा ¥यापिड डायग्नोस्टिक टेस्ट गरिएको छ ।

दुबै जनाको रिर्पोट नेगेटिभ आएको छ । पीसीआर रिपोर्ट नेगेटिभ आए पनि सबैलाई आइसलोसनमा राखिने अस्पतालले जनाएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..