» » कोरोना भाइरसः स्वाब संकलन बुथ हस्तान्तरण

जनकपुर वैशाख ३ गते । नेपाल ईन्जिनियर्स एसोसिएसन प्रदेश २ को प्राबिधिक सहयोग एवं प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको आर्थिक सहयोगमा कोरोनाको रोकथामको लागि चिकित्सकलाई स्वाब संकलन बुथ प्रादेशिक अस्पताल जनकपुर बिकास समितिका अध्यक्ष संजय सिंहलाई हस्तान्तरण गरिएको छ ।

सो अवसरमा नेपाल ईन्जिनियर्स एसोसिएसनका केन्द्रीय सदस्य लक्षमण यादव, प्रदेश सचिब अजित यादव, सह(सचिव भवेश मिश्र, सदस्य रणधिर झा नेपाल मेडिकल एसोसिएसन जनकपुरका वरिष्ठ उपाध्यक्ष डा.जामुन प्रसाद सिंह, कोषाध्यक्ष डा.रामज्ञान यादव खानेपानी तथा सरसफाइ कार्यालयका ई.हसमत अन्सारी, अर्थ क्लिन ग्रिन फाउन्डेसनका दिपु ठाकुर, डा.सुधीर भगत, डा.बिपिन यादव लगायतको बिशेष उपस्थिति थियोे।

हाल पिपिआरको अभावका साथै ल्यावमा काम गर्ने चिकित्सकहरुलाई संक्रमण बाट जोगाउन यस बूथको बिशेष भुमिका रहने बिश्वास लिइएको छ । यस बुथको निर्माण लागत लगभग  ८० हजार रुपियाँ रहेको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..