काठमाडौं वैशाख ४ गते । पूर्व राष्ट्रपति डा.रामवरण यादवले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गर्नु पर्ने जति काम नगरेको गुनासो गर्नु भएको छ ।
सरकारको काम सुस्त गतिमा अगाडि बढीरहेको बताउँदै स्थानीय तहलाई क्रियाशील बनाउने पर्ने कुरामा जोड दिनु भएको छ । गरिब तथा निमुखा जनतालाई राहत कसरी प्रदान गर्ने त्यसको बारेमा स्थानीय तहले गम्भिर रुपमा सोच्नु पर्ने उहाँले बताउनु भयो ।
उहाँले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको व्यवस्था गर्न नसकेको गुनासो गर्नु भयो । स्वास्थ्यकर्मीलाईअझै स्वास्थ्य समाग्री दिन नसकेको गुनासो गर्दै पीपिइ र माक्स पनि सरकारले गुनासो गर्नुभयो ।
भारतमा कोरोनाको संक्रमण बढीरहेको यस अवस्थामा सीमानाका कडाइका साथ सिल गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । अहिले नेपाललाई भारतबाट ठूलो खतरा रहेको बताउँदै उहाँले भारतको अवस्था हेरेर नेपालले निर्णय लिनु पर्ने सुझाव दिनुभयो ।
No comments: