» » संक्रमित युवतीसँग आएका दुईजना धरानका रहेका पुष्टि

काठमाडौ चैत १२ गते । कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको युवतीसँगै एउटै हवाई जहाजमा नेपाल आएका व्यक्तिमध्ये धरानका दुईजना रहेको पत्ता लागेको छ ।

सोमबार काठमाडौंमा कोरोना संक्रमित पुष्टि भएका युवतीसँगै हवाई जहाजमा आएका धरान–६ र १६ का दुई व्यक्ति पनि रहेको बताइएको छ । उपमहानगरकै नागरिक कोराना संक्रमित युवतीसँग आएको थाहा पाएपछि धरान उपमहानगरपालिकामा आकस्मिक बैठक बसेको छ । 

ती व्यक्तिहरुलाई क्वारेनटाइनमा कसरी पठाउने भन्नेबारे छलफल भइरहेको उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताउनुभयो ।

बैठकमा लकडाउनलाई कसरी कार्यन्वयन गर्ने र बुधवारदेखि धरानमा कोही पनि मानिस बाहिर हिँड्डुल गर्न नदिनेबारे पनि छलफल भइरहेको बताइएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..