» » कोराना नियन्त्रण गर्न प्रदेश सरकारले पठायो १० करोड रुपियाँ

जनकपुर चैत १७ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम, बच्न तथा उपचारका लागि प्रदेश २ सरकारले सामाजिक विकास मन्त्रालयमार्फत मातहतका निर्देशनालय, जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य आपूर्ति व्यवस्थापन, प्रत्येक पालिका, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल लगायतलाई ९ करोड ३४ लाख रुपैयाँ पठाएको छ ।


प्रदेश सरकारले प्रत्येक पालिकाका गरिब तथा मजदुरलाई ‘लकडाउन’ को अवधिमा खाना खुवाउनका लागि रकमसमेत विनियोजन गरी निकासा गरेको छ ।


प्रदेशको सामाजिक विकास मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट ८० लाख रुपैयाँको स्वीकृत लिई विभिन्न स्वास्थ्य विभाग तथा मातहतका अस्पताललाई रकम छुट्याएर पठाएको सामाजिक विकास मन्त्रालय मातहत रहेको स्वास्थ्य महाशाखाका प्रमुख नवलकिशोर झाले जानकारी दिनुभयो ।


महाशाखा प्रमुख झाका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालयलाई ८ लाख, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई १५ लाख र जनस्वास्थ्य प्रयोगशालालाई ५ लाख रुपैयाँ सामाजिक विकास मन्त्रालयमार्फत दिइएको छ ।

त्यस्तै प्रादेशिक अस्पताल जनकपुरलाई १२ लाख रुपैयाँ, प्रदेश नम्बर २ को ८ वटै जिल्ला अस्पताललाई १०–१० लाख रुपैयाँ र प्रत्येक पालिकालाई ५ लाख रुपैयाँको दरले पठाइएको झाले जानकारी दिनुभभयो ।


प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा २५९ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने क्वारेन्टाइनमा रहेका ४७ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । केही दिनयता भारत तथा अन्य मुलुकबाट फर्केर नेपाल आएका २५९ जना शंकास्पद व्यक्तिलाई प्रदेश २ को जिल्लास्थित क्वारेन्टाइनमा राखिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमै सप्तरीमा सबैभन्दा बढी १३८ जना क्वारेन्टाइनमा छन् । त्यसैगरी रौतहटमा ९२, धनुषामा १२, सिरहामा १०, बारामा ५, सर्लाहीमा २ जना क्वारेन्टाइनमा राखिएको छ भने दुई जनालाई प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा राखिएको छ । आइसोलेसनमा रहेका २ जनाको स्वाब परीक्षणको लागि काठमाडौँमा नमूना पठाइएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत डा. विजय कुमार झाले जानकारी दिनुभयो ।

त्यस्तै जनकपुरस्थित प्रादेशिक अस्पतालमा २ जना, वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा ५ र बाराको कलैयास्थित अस्पतालमा ५ जनालाई आइसोलेसनमा राखिएको छ । तीमध्ये ३ जनाको स्वाब संकलन गरि काठमाडौँ पठाइएको थियो । जसमध्ये ३ जनाको नतिजा ‘निगेटिभ’ पाइएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत डा. झाले बताउनुभयो । धनुषामा १२ जना होम क्वारेन्टाइनमा समेतरहेको उहाँले बताउनुभयो ।

डा. झाका अनुसार हालसम्म महोत्तरी र पर्सास्थित क्वारेन्टाइनमा कोही शंकास्पद आएका छैनन् । महोत्तरीमा दुईवटा क्वारेन्टाइन रहेकोमा हालसम्म कसैलाई नराखिएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै सर्लाहीमा २ जना क्वारेन्टाइन र १९ जना होम क्वारेन्टाइनमा र पर्सामा १५ जना होम क्वारेन्टाइनमा रहेको निर्देशनालयले जनाएको छ । बारामा ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने बाराको कलैयास्थित अस्पतालमा भर्ना भएका ३ जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको निर्देशनालयले जनाएको छ ।

डा. झाले भन्नुभया्े, ‘रौतहट र बाराका ६ जनाको स्वाब परीक्षणका लागि शुक्रबारै काठमाडौं पठाइए पनि हालसम्म रिपोर्ट आएको छैन ।’ प्रदेश नम्बर २ मा हालसम्म कुनै शंकास्पद बिरामीमा कोरोना संक्रमण पोजेटिभ नदेखिएको निर्देशनालयले जनाएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..