» » गाउँ गाउँमा कोरोना संक्रमित खोज्न सांसद यादवको आग्रह

पर्सा चैत १३ गते । कोरोना (कोभिड–१९) भाइरसको महामारीले गर्दा विश्वव्यापी रूपमा उत्पन्न भएको  मानवीय संकटको संवेदशील घडीमा संघीय सरकर, प्रदेश २ सरकार र स्थानीय तहलाई प्रभावकारी ढंगले अगाडि बढ्न प्रतिनिधिसभा सदस्य प्रदीप यादवले सुझाव दिनु भएको छ । 

संघीय संसाद प्रदीप यादवले विहिवार एक प्रेस विज्ञप्ति जारि कोभिड–१९ नियन्त्रणका लागि तीनै तहको सरकारको प्रभावकारी भुमिकाको आवश्यक रहेको बताउनु भएको छ । उहाँले प्रदेश २ मा कोरोना संक्रमणलाई रोक्न स्थानिय सरकार तथा जनप्रतिनिहरुको सक्रियता र सहयोगमा प्रभावकारी क्वारेन्टाइन केन्द्रहरुको स्थापना गर्न संघीय सरकार र प्रदेश सरकारसंग माग गर्नुभएको छ । 

सांसद यादवले विगतको दुर्इ हप्तामा विदेशबाट आएका सबैलाई नागरिकहरुलाई पहिचान गरी क्वारेन्टाइनमा राख्ने अभियान वडा स्तरसम्म स्थानीय तहसंग समन्वय गरेर चलाउनु अहिलेको सबैभन्दा ठूलो आवश्यकताको भएको बाताउदै तीनै तहको सरकारलाई यसमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभएको छ ।

ुविश्वस्तरमै ठुलो महामारीका फैलिएको कोरोना रोग सङ्क्रमणले सम्पुर्ण मानवजाती नै चुनौति पुर्णका अवस्थाबाट  गुज्रीरहेको छ । रोगको सक्रमणलाई फैलिन नदिन संघीय सरकारले लकडाउनको घोषण गरे तापनि रोगको महामारीलाई मध्यनजर गर्दै चेकजाँच र सङ्क्रमित व्यक्तिको उपचारको लागि पनि हामीलाई तैयार रहनु पर्ने अहिलेको मुख्य चुनौति भएकोले कोरोना भाइरस जाच्ने ‘एनटिजेन डिटेक्सन रिएजेन्ट’ (किट) किन्न संघीय, प्रदेश सरकार र स्थानीयसँग यसै प्रेस विज्ञपितको माध्यमबाट हर्दिक आग्रह गर्दछु,ु प्रेस विघ्य्पतिमा उल्लिखित छ ।

त्यसैगरि समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहनु  भएका सांसद यादवले जनताका आधारभूत आवश्यकताहरुमा तिनै तहका सरकारको सहयोग र साथ यतिखेर अपरिहार्य भएको बताउदै  संघीय सरकारले देश्ब्यापी रूपमा गरेको ‘लकडाउन’ले गर्दा आम मजदुर, दैनिक ज्यालादार, सरफाइकर्मी, साना रोजगार गरेर आजीविका चलाउनेहारु, रिक्सा ठेला चालाउनेहरु, कृषि श्रमिक र गरिब तथा असहाय बर्ग समस्यामा परेको छ र घर घरमा दैनिक उपभोग्य सामग्रीको अभावको उत्पन्न दुस्ख व्यक्त गर्नुभएको छ ।

उहाँले मानिसहरूले बाँच्नका लागि चाहिने उपभोग्य बस्तुको आपूर्तिमा आम मानिसको लागि समस्या समाधान गर्ने संयन्त्र अबिलम्ब स्थापना गर्नको सरकार संग माग गर्दै एउटा हेल्पलाईन हेल्पलाइनको स्थापना गरेर जनताको सहयोगीका रुपमा अगाडि आउन संघीय, प्रदेश र स्थानीय सरकारलाई सुझाव दिनु भएको छ ।

प्रेस विज्ञप्तिमा उहाँले भन्नुभएको छ, प्रदेश नम्बर २ का नागरिकहरुको जीवन रक्षाका लागि यस चुनौतिपुर्ण घडीमा प्रदेश सरकारले गरेको सहयोगी भुमिका अझ बढाउन अनुरोध  गर्दछु । प्रदेश २ का नागरिकहरुको जीवन रक्षाका लागि सहयोगी बन्न अनुरोध छ । प्रदेश २ मानव सुचांकांकको आधारमा पिछडीएको प्रदेश रहेको र रोगका कारण उत्पन्न भएको वर्तमान चुनौतीपुर्ण अवस्थामा आवश्यक स्वास्थ्य सेवाका लागि पूर्वाधार, उपकरण, प्राविधिक क्षमता र औषधी आपुर्तीमा यहाँ बिशेष ध्यान दिन आवश्यक छ ।ु

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..