» » कोरोना भाइरसः मुख्यमन्त्री राउतको यस्तो छ अपिल

जनकपुर, चैत ११ गते । मुख्यमन्त्री लालबाबु राउतले विश्वलाई नै त्राहिमाम बनाएको कोरोना विरुद्धको लडाईका लागि प्रदेश सरकार तम्तयार अवस्थामा रहेको बताउनु भएको छ ।

मुख्यमन्त्री राउतले आज एक अपिल जारी गर्दै महामारी विरुद्ध लडन संघीय सरकारले जारी गरेको निर्देशनहरुमा प्रदेश सरकारको पूर्ण समर्थन रहेको र प्रदेशवासीलाई समेत संघीय सरकारको निर्देशन अक्षरशः पालना गर्न आग्रह गर्नु भएको छ ।

तीनै तहको सरकार र सर्वसाधारणको एकता नै महामारी विरुद्धको बलियो हतियार रहेको जनाउनु हुँदै मुख्यमन्त्री राउतले लड डाउनलाई पुर्णतः समर्थन गर्न समेत आग्रह गर्नु भएको हो ।

उहाँले महामारी विरुद्ध लड्न प्रदेश सरकारले गत सातादेखि नै आफना पूर्व तयारीहरु शुरु गरि सकेको हुँदा यस महाविपतको घडीमा कसैलाई नआतिन समेत आग्रह गर्नु भएको हो । उहाँले महामारी विरुद्धको पूर्व तयारीको लागि प्रदेशमा २५० आइसोलेशन बेड तयारी अवस्थामा रहेको र थप आइसोलेशन बेडको लागि गृहकार्य भइरहेको अपील मार्फत जानकारी गराउनु भएको हो ।

महामारीकोे हल्ला सुनिए लगतै प्रदेश सरकार पूर्व तैयारीको लागी विपद व्यवपस्थापन कोष मार्फत प्रत्येक जिल्लाको विपद व्यस्थापन कोषलाई ५०÷५० लाख, नेपाल प्रहरी प्रादेशिक कार्यालयलाई २० लाख, सशस्त्र प्रहरी प्रादेशिक कार्यालयलाई २० लाख, राष्ट्रीय अनुसन्धान आयोग प्रादेशिक कार्यालयलाई ५ लाख उपलब्ध गराई सकेको छ भने महामारी विरुद्धको लडाईलाई थप प्रभावकारी बनाउन समाजिक विकास मन्त्रालय मार्फत कोरोना सम्बन्धि क्रिटिकल केयरका लागि प्रादेशिक अस्पताललाई १२ लाख, जिल्ला अस्पतालहरुलाई ५÷५ लाख, प्रादेशिक स्वास्थ्य आपूर्तिकेन्द्रलाई औषधी र पर्सनल केयर इक्युपमेन्टको लागि १० लाख, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई ५ लाख, जनचेतना मुलक प्रचार प्रसारको लागि स्वास्थ्य निर्देशनालयलार्ई ५ लाख, मन्त्रालय मार्फत नितिगत खर्चका लागि १० लाख, सरोकारबलालाई सचेतना मुलक अभियानका लागि १५ लाख, स्थानीय तह स्वास्थ्य संयोजकहरुको अभिमुखीकरणको लागि १० लाख, एकीकृत अनुगमनको लागि ५ लाख, रेफरल एम्बुलेन्स सेवाकोलागि ३ लाख छुट्याइएको जानकारी गराउनु भएको छ ।

उहाँले यस अतिरिक्त महामारी नियन्त्रणका लागि थप रकमको आवश्यकता परे प्रदेश सरकार तैयारी अवस्थामा रहेको समेत जानकारी भएको छ ।

मुख्यमन्त्री राउतले प्रदेश सरकार कोरोनाको महामारी संग लडन विभिन्न तयारीहरु गरे पनि इक्युपमेन्टहरुको अभाव झेली रहेको अवस्थामा यस महामारी विरुद्धको प्रादेशिक तैयारीलाई थप प्रभावकारी बनाउन आवश्यक प्रोफेशनल प्रोटेक्टीभ इक्युपमेन्ट, एन ९५ मास्क , थर्मल गन र भेन्टिलरको व्यवस्था मिलाई दिन संघीय सरकार संग मांग समेत गर्नु भएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..