काठमाडौं चैत ७ गते । सरकारले नेपाल सबै अन्तर्राष्ट्रिय उडान ९ गतेदेखि १८ गतेसम्मका लागि स्थगित गरेको छ ।
त्यस्तै, भारतसँगको सीमा नाकामा अनिवार्य स्वास्थ्यजाँच र देशैभर चैत १० गतेदेखि लागू हुनेगरी लामो दूरीका सवारी बन्द हुने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्नु हुँदै सो घोषणा गर्नुभएको हो । त्यस्तै, प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि सरकारी तथा सामुदायिक कार्यालयमा अत्यावश्यकबाहेकका सबै सुविधा बन्द हुने घोषणा गर्नुभएको हो । यसअघि बुधबारै सरकारले शैक्षिक संस्था, सिनेमा हल, डान्स क्लबलगायत भीडभाड हुने स्थल बन्द गर्ने निर्णय गरिसकेको छ ।
त्यसैगरि, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा कोो रोना भाइरस नियन्त्रणका लागि स्थापना भएको सार्क संयुक्त कोषमा नेपालले १० करोड रुपैयाँ जम्मा गर्ने प्रधानमन्त्री ओलीले घोषणा गर्नुभएको छ । मोदीले यस कोषमा भारत सरकारले १ करोड अमेरिकी डलर जम्मा गर्ने घोषणा गर्दा ओलीले पनि नेपालले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
विश्वभर कोरोनाको महामारी फैलिसक्दा पनि नेपालमा संक्रमण नफैलनु सुखद पक्ष रहेको ओलीले बताउनुभएको छ । ‘उहाँले भन्नुभयो, तर हामी जोखिमबाट ढुक्क हुने अवस्था छैन । मैले सधैं नागरिकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छु । त्यसैले स्पष्ट योजना बनाएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु, ।’
प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण रोकथामका लागि सरकारी संयन्त्र सक्रिय रहेको बताउनुभयो । उहाँले यस अवधिमा आफ्नो नेतृत्वमा ५ वटा बैठक सम्पन्न भएको बताउनुभयो । उपप्राधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा समस्या समाधानका लागि नीतिगत निर्णय गर्न संयन्त्र गठन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
‘यी संयन्त्रमार्फत सरकारले प्रदेश र स्थानीय तहमार्फत समन्वय गरी एकिकृत ढंगबाट रोकथाम र सतर्कताको अभियान बढाउँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘महामारीसँग जुध्न सजिलो छैन । हामीले आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरुरी छ ।’
सम्भावित संक्रमणलाई परास्त गर्न आनीबानी र दैनिकी परिवर्तन गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । ‘सरसफाईमा ध्यान दिनुस्, पटक–पटक हात धुनुस्, भीडभाडबाट टाढा रहनुस्, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नुहोस्, चिकित्सक विज्ञ र प्राविधिको सल्लाह पालना गर्नुस्, सावधान र धैर्यवान् रहनुस् तर आतंकित नहुनुहोस्,’ भनि प्रधानमन्त्री अोलीको आग्रह थियो ।
प्रधानमन्त्री ओलीले संक्रमित मुलुकबाट आएका सबैले कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्ने नियम पालना गर्नुपर्ने पनि बताउनुभयो । उहाँले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सबैसँग आग्रह पनि गर्नुभयो ।
कालोबजारीलाई कारबाही
खाद्यवस्तुमा मिसावट गर्ने, कालोबजारी गर्ने लगायतलाई प्रचलित कानूनअनुसार कारबाही गरिने प्रधानमन्त्री अोलीले चेतावनी दिनुभयो । सरकारले देशभरका अस्पतालबाट सेवा प्रदान गर्न, औषधी व्यवस्थापन गर्न, कोरोनाविरुद्ध सक्रिय रुपमा संलग्न रहने चिकित्सक, सुरक्षाकर्मीलगायत जनशक्तीलाई सेवासुविधा र प्रोत्साहन उपलब्ध गराउन कुनै कसर बाँकी नराख्ने बताउँदै उहाँले निजी क्षेत्रको समन्वयमा खाद्यान्नलगायत अत्यावश्यक सामाग्री उपलब्ध गराउन सरकार सक्रिय रहेको पनि उहाँले बताउनुभयो ।

No comments: