चितवनी चैत ११ गते । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालको आईसीयुमा रहेका एक बिरामीको मृत्यु भएको खबर प्राप्त भएको छ । मृगौलाका रोगी ४० वर्षीया सो विरामीलाई आजै कोरोनाको आशंकामा कोरोना विशेष अस्पतालको आइसीयुमा राखिएको थियो तर उहाँको उपचारको क्रममा निधन भएको हो ।
कोरोना विशेष अस्पतालका प्रमुख डा भोजराज अधिकारीका अनुसार ती बिरामीमा कोरोनाको आशंका गरिएको भएपनि पुष्टि भएको छैन । उहाँले भन्नुभयो, ‘हामीले कोरोनाको पनि संक्रमण हुन सक्ने भएकाले नुमना परीक्षणका लागि पठाएका छौं । रिपोर्ट आज बेलुकासम्म आइपुग्छ ।
रुघा, ज्वरो र निमोनियलगायतका लक्षण देखिएकाले नमुना संकलन गरेर जाँचका लागि पठाएको बताउँदै उहाँले जे पनि रिपोर्ट आउन सक्छ तर उहाँ मिर्गौलाको रोगी भएकाले नियमित चितवन मेडिकल कलेज (केएमसी) मा फलोअपमा आइरहनु हुन्थ्यो ।
उहाँका अनुसार ती बिरामी केएमसीमा फागुन ९ गते भर्ना हुनुभएको थियो । आजै बिहानमात्र कोरोना विशेष अस्पतालको आईसीयुमा सारिएको थियो ।

No comments: