» » महिलाको हत्या गरेको अभियोगमा पक्राउ

मोरङ, माघ २६- सुनसरी दुहवी नगरपालिका-६ कालीमन्दिर चोक बस्ने ३२ वर्षीया सम्झना खत्रीको हत्या गरेको अभियोगमा सप्तरी कृष्णश्रवण गाउँपालिका-३ मट्टीगढा घर भई हाल बुढिगंगा गाउँपालिका-३ पोठिया डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्र प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ विराटनगर महानगरपालिका-१२ मलहनुवा पश्चिम रिङरोडबाट करीब २५ मिटर पर उखुबारीमा गत शुक्रवार बिहान एक महिला मृत अवस्थामा फेला परेपछि प्रहरीले सुक्ष्म अवलोकन तथा अनुसन्धान गर्ने क्रममा मृत फेला पर्ने महिला खत्री नै भएको खुल्न आएको थियो ।

क्वालिटी नुडल्स फ्याक्ट्रीमा कार्यरत सुरेन्द्र र खत्रीबीच विगत ३ बर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको, मंगलबार दिउँसो सोही ठाउँस्थित बाँसबारी चोक अगाडि उनीहरु भेट भई मोटरसाइकलमा चढेर बाँसबारी चोकबाट पश्चिम नहरको बाटो हुँदै दक्षिणतर्फ गएको र विराटनगर महानगरपालिका-१२ मलहनुवा रिङरोड छेउमा गफ गर्ने क्रममा एकआपसमा झगडा हुँदा रिसको आवेगमा आई सुरेन्द्रले ती महिलालाई उखुबारीमा पुर्‍याई धारिलो बाँसलाई हतियारको रुपमा प्रयोग गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

 महिलालाई सुरेन्द्रले घट्नास्थलसम्म बोकेर लगेको मोटरसाइकल १ थान र मोबाइल २ थान प्रहरीले बरामद गरेको छ ।

सुरेन्द्रलाई कर्तब्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..