» » मुख्यमन्त्री राउतले बोल्नु भएको कुरालाई तीलको तार नबनाउन आग्रह

काठमाडौं माघ २७ गते । प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले अब छोरीले छोराको जीउमाथि एसीड खन्याने अवस्था आउन लागेको भनि दिनु भएको अभिव्यक्ति विवादमा आएको छ ।

केही अगुवा महिलासँगको भेटघाटमा उहाँले आफ्नो धारणा राख्ने क्रममा अब यस्तो दिन आउँछ कि छोरीले छोराको अनुहारमा एसीड खन्याउने दिन आउने भनेका थिए ।

यो अभिव्यक्ति विवादमा आएको छ । छोरी पनि शक्तिशाली हुनुपर्छ, छोरी पनि सुरक्षित हुनुपर्छ, छोराको एसिडबाट डराउने दिन गएको आशयको अभिव्यक्ति मुख्यमन्त्री राउतको थियो तर त्यसलाई अर्कै रुपले चर्चामा ल्याएर बदनाम गराउने प्रयास भएको राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ का प्रदेशसभा सदस्य डा.रिना यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, छोरामाथी छोरीले एसिड हान्नु पर्छ भनि भनाई मुख्यमन्त्री राउतको पक्कै होइन, बोल्ने क्रममा कुनै कुरालाई पुष्टि गर्नका लागी त्यस्ता कुराहरु बोलचालमा आइहाल्छ त्यो ठूलो कुरा होइन, मुख्य कुरा मुख्यमन्त्री राउतको नियत कस्तो हो त्यो कुरा बुझ्नुपर्ने हुन्छ ।’

आफूलाई मुख्यमन्त्री राउतले छोरीलाई सक्षम र शक्तिशाली बनाउने सोचले त्यो अभिव्यक्ति दिनु भएको हो त्यसको अर्थ छोराहरु कमजोर हुनुपर्छ भने नरहेको उहाँले बताउनुभयो ।

यता अधिकारकर्मी रीता साहले पनि प्रदेश २ का मुख्यमन्त्री राउतको अभिव्यक्तिबाट केही अंशको भिडियो भाइरल बनाइएको आरोप लगाउनु भएको छ ।

भिडियोको पुरै भाग नसुनी, मुख्यमन्त्रीको आशाय नै नबुझी यसरी केही अंश मात्रको प्रचार हुनु दुर्भाग्यपुर्ण रहेको बताउँदै उहाँले प्रदेश २ का सरकारले गत २ वर्षमा महिला र दलितको पक्षमा धेरै महत्वपुर्ण कामहरु गरेको पनि बताउनुभयो ।

बेटी बचाउ बेटी पढाउ अभियानले मधेसी समाजमा धेरै नै साकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उहाँले यसको असर भविष्यमा राम्रो देखिने बताउनुभयो ।

बालिका बिमा कार्यक्रम, बेटी सुरक्षा कार्यक्रमले भविष्यमा मधेसी महिलालाई निकै शसक्त बनाउने उहाँल विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश निजामती सेवामा आरक्षण तर्फको सम्पूर्ण सीटमा महिलाका लागी ५० प्रतिशत छुट्याउनु अर्को ऐतिहासिक काम हो भन्नुहुँदै उहाँले दलित शसक्तिकरण ऐन पनि धेरै महत्वपूर्ण कदम रहेको बताउनुभयो ।

यती धेरै साकारात्मक पहल गर्ने मुख्यमन्त्रीबाट असाबधानीपूर्वक निस्केको शब्दलाई तीलको तार नबनाउन उहाँले आग्रह गर्नुभयो ।

About ESAHARATIMES

«
Next
This is the most recent post.
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..