काठमाडौं पुस १६ गते । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले माघ पहिलो हप्ताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी नदिने उद्योगको कारोबारमा रोक लगाउन चेतावनी दिनुभएको छ ।
मन्त्रालयमा आज आन्दोलनमा उत्रिएका उखु किसानसँग छलफल गर्दै मन्त्री भट्टले उद्यागीहरुबाट जसरी पनि बक्यौता रहेको रकम भुक्तानी गराउने यदि समयमा गरेन भने कारोबार नै बन्द गराई दिने प्रतिवद्धता जनाएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईका अनुसार पुस २५ गतेभित्र ८० प्रतिशत र माघ पहिलो हप्ताभित्र सम्पूर्ण बक्यौता रकम नदिने उद्योगीलाई कारवाही गर्ने छलफल भएको छ । मन्त्रालयले भोलीले नै उद्योगीहरुलाई सो व्यहोराका पत्र पठाउने उहाँले बताउनुभयो ।
साथै, उखुको किसानहरुको समस्या दीर्घकालिन रुपमा समाधान गर्नका लागि के के गर्नुपर्छ भनि अध्ययन गर्नका लागि एउटा समिति बनाउने मन्त्री भट्टाले प्रतिवद्धता जनाउनु भएको छ । भुक्तानी नदिने उद्योगीहरु आफ्नो सम्पर्कमा आएको भन्दै मन्त्री भट्टले उहाँहरु पनि भुक्तानी दिने प्रतिवद्धता आफू समक्ष जनाएको बताउनुभयो ।

No comments: