» » आन्दोलनको तयारीमा जुट्यो समाजवादी युवा संघ


काठमाडौं पुस १८ गते । समाजवादी पाटीका भातृ संगठन समाजवादी युवा संघले आन्दोलन तयारीमा जुटेको छ ।
समाजवादी युवा संघले त्यसका तयारीका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । पुस १९ गते केन्द्रीय समितिको बैठक बस्नेछ । बैठकका मुख्य उद्देश्य नै आन्दोलनको तयारी हो, प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री समेत रहनु भएका युवा संघका अध्यक्ष योगेन्द्रराय यादवले भन्नुभयो, संविधान संशोधन सडकबाट नै हुने भएको हुनाले पार्टीको कार्यादिशा अनुसार युवा संघ संघर्षको तयारीमा जुटेको छ ।’

आज युवा संघको पदाधिकारीको बैठक बसेको थियो । पदाधिकारी बैठकले भोली बस्ने केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने एजेण्डाको बारेमा छलफल भएको अध्यक्ष यादवले बताउनुभयो । संगठन निर्माण, संघर्षको तयारी लगायतको विषयमा भोलीको केन्द्रीय समितिको बैठकमा छलफल हुने उहाँले बताउनुभयो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..