» » गरिब बालबालिकालाई शिक्षामा पहुँच पुर्याउन छात्रवृति अभियान

काठमाडौं पुस २१ गते । बाल विवाह एवम् दाइजो मुक्त नेपाल, राष्ट्रिय अभियानले गरीब तथा दलित (मुसहर, चमार, डोम, हल्खोर) लगायतका बालबालिकालाई शिक्षामा पहुँच पुर्याउने उद्देश्यले छात्रवृति अभियान सञ्चालन गरेको छ । 

यो अभियानको उद्देश्य बाल विवाह एबम् दाइजो प्रथा उन्मूलन रहेको अभियानका संयोजक डा.सीके सिंहले बतबाउनुभयो ।

नेपालमा सबै भन्दा बढी बाल विवाह हुने समुदाय नै मुसहर, चमार, डोम, हलखोर हो र यसको प्रमुख कारण गरिबी र अशिक्षा रहेको बताउँदै उहाँले भन्नुभयो,–‘गरिबीको कारणले गर्दा सानो उमेरमै बिहे गरियो भन्ने दाइजो कम दिनुपर्छ भन्ने मनसायले सानै उमेरमामा आफ्ना छोराछोरीको बिहे गर्दिन्छन् जसका कारणले उनीहरू शिक्षा बाट वञ्चित हुन्छन् ।’

त्यस्तो समुदायलाई लक्षित गरी बाल विवाह एवम् दाइजो मुक्त नेपाल, राष्ट्रिय अभियानले पढ्न चाहने बालबालिकालाई शिशु कक्षादेखि उच्च कक्षासम्म पूर्ण छात्रवृति दिने अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।

सो छात्रवृति लिन चाहने बालबालिका र अभिभावकले अभियानले तोकेको शर्त मान्नु पर्ने हुन्छ ।

छात्रवृत्तिको शर्तहरू यसप्रकार छनस्
१. अति गरीब तथा अति विप्पन बालबालिका र अभियानले तोकेको जातिको
   बालबालिकाले मात्र छात्रवृति पाउने ।
२. छात्रवृति पाउने बालबालिका नियमित विद्यालय जानु पर्ने हुन्छ ।
३. २० वर्ष नपुगी आफ्नो तथा आफ्नो परिवारमा (दाइ, भाइ, दिदी, बहिनी)
   कसैको विवाह नगर्ने ।
४. आफ्नो तथा आफ्नो परिवारको बिहेमा दाइजोको लेनदेन नगर्ने ।
५. बाल विवाह तथा दाइजो लेनदेनको बिहेलाई बहिस्कार गर्ने र त्यसको भोज
   भतेर मा शामिल पनि नहुने ।
बाल विवाह एबम् दाइजो मुक्त नेपाल राष्ट्रिय अभियानले छात्रवृति दिने मुख्य उदेश्य नै बाल विवाह र दाइजो कुप्रथा उन्मूलन गर्नु हो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..