काठमाडौं पुस २१ गते । प्रदेश २ मा अभियन्ता सम्मेलन २०२० आयोजना हुने भएको छ ।
विभिन्न पेशामा आबद्ध रहे तापनि आफ्नो व्यक्तिगत, पारिवारिक तथा व्यवसायिक जीवन भन्दा माथि उठेर दिन दुःखि, समाज, देशको विकास तथा समृद्धिमा योगदान गर्न निस्वार्थ भावले विभिन्न अभियान संचालन तथा सामाजिक कार्य गरी रहेका २०० सामाजिक अभियन्ताहरुको सहभागीतामा अभियन्ता सम्मेलन हुन लागेको भोरका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो ।
मार्च ८, २०२० का दिन वीरगंजमा आयोजना हुने सो कार्यक्रम भोर र प्रदेश २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिका लागि महाअभियानको संयुक्त आयोजनामा भइरहेको छ ।
यस सम्मेलनमा प्रदेश २ का बासिन्दा भएर प्रदेश २ का लागि अभियान संचालन÷समाज सेवा गरि राख्नु भएका तथा प्रदेश २ बाहिरका बासिन्दा (नेपालका बांकी ६ वटा प्रदेशका, भारत तथा विश्वका अन्य मुलुकहरुका) भएर पनि प्रदेश २ का लागि अभियान संचालन÷समाज सेवा गरि राख्नु भएका अभियन्ताहरु यस सम्मेलनमा सहभागी हुन सक्ने अध्यक्ष महतोले जानकारी दिनुभयो ।
यस सम्मेलनमा तीनजना अन्तराष्ट्रिय वक्ताहरुको प्रस्तुती, दुईवटा उच्च स्तरीय प्यानेल डिस्कशन, १० वटा सामानान्तर सेटेलाइट वर्कसप, ११ विधामा अभियन्ता अवार्ड प्रदान, प्रदेश २ अभियन्ता प्रोफाइल प्रकाशन तथा विमोचन र विविधतामा एकता प्रर्वद्धन गर्ने सांस्कृतिक साँझ यस अभियन्ता सम्मेलन २०२० का मुख्य कार्यक्रम र आकर्षण रहको उहाँले जानकारी दिनुभयो ।
अभियन्ता सम्मेलन २०२० मा तल उल्लेखित १० वटा क्षेत्रमा सेवारत अभियन्ताहरु सहभागी हुनेछ ।
१. सामाजिक विकासः स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा (महिला तथा बालबालिका, जेष्ठ नागरीक र अपङ्गता) र खेलकुद
२. संस्कृति, भाषा, सम्पदा, कला र पर्यटन
३. आर्थिक उन्नती, रोजगार, व्यापार
४. प्राकृतिक विपद बाट जोगिने र रेजीलिएन्ट
५. प्रदेशको मान, सम्मान, इज्जत बढाउने
६. सरसफाई, स्वाच्छता र वातावरण संरक्षण
७. विज्ञान, प्रविधिी र आविस्कार
८. भौतिक संरचना निर्माण
९. सुसाशन र मितव्ययीता, पारदर्शिता र जवाफदेहिता
१०. साझेदारी, सहकार्य र समन्वय (स्थानीय तथा संघीय सरकार सित र सहयोगी निकाय)
अभियन्ता सम्मेलन २०२० मा सहभागीताको लागि आजदेखि दर्ता खुल्ला गरिएको छ । मिती २१ पुस २०७६ देखि ८ माघ २०७६ सम्म इच्छुक अभियन्ताले आफु सहभागी हुन वा अन्य कुनै अभियन्तालाई सहभागी गराउन अनलाइन वा पेपरमार्फत दर्ता गर्न सक्नु हुनेछ भनि उहाँले जानकारी दिनुभयो ।

No comments: