» » प्रदेश २ का राज्यमन्त्री झाले दिनुभयो राजिनामा, होला त सरकार परिवर्तन ?

काठमाडौं माघ १४ गते । प्रदेश २ का राज्यमन्त्री डा.डिम्पल झाले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । मन्त्रीहरुको कामबाट असन्तुष्ट मुख्यमन्त्री लालबाबु राउतले मन्त्री हेरफेर गर्ने तयारी गरिरहनु भएको बेला उहाँले राजिनामा दिनुभएको हो ।

उहाँले आज मुख्यमन्त्री राउत समक्ष आफ्नो राजिनामा पेस गर्नुभएको छ ।

उहाँले भन्नुभयो, सरकारमा काम गर्ने वतावरण नभएको कारण मैले राजिनामा दिएको हुँ ।’
मुख्यमन्त्री कार्यालयको कार्यक्रम हो भने मुख्यमन्त्रीले त्यो काम गर्नुुहुन्छ, अर्थमन्त्रालयको कार्यक्रम छ भने अर्थमन्त्रीले नै गर्नुहुन्छ, जुन मन्त्रालयको कार्यक्रम हुन्छ त्यो मन्त्रालयको मन्त्रील काम गर्नुहुन्छ भने हाम्रो के काम छ त्यहाँ, उहाँले भन्नुभयो, ‘एक त सरकारमा काम हुँदैन भयो भने आआफ्नै तरिकारले काम गर्छन्, जनता कामबाट सन्तुष्ट छ मन्त्रालयको मन्त्रील काम गर्नुहुन्छ भने हाम्रो के काम छ त्यहाँ, उनले भनिन्, एक त सरकारमा काम हुँदैन भयो भने आआफ्नै तरिकारले काम गर्छन्, जनता कामबाट सन्तुष्ट छैन ।’

नेकपा र राजपा बीच दुई बुँद सहमति भएपछि प्रदेश २ को सरकार परिवर्तन हुने चर्चा शुरु भएको थियो । समाजवादी पार्टी र राजपा नेपालको संयुक्त सरकार रहेको छ । समाजवादी पार्टीलाई हटाएर नेकपा र राजपा नेपालको सरकार बन्ने चर्चा चलिरहेको थियो ।

त्यसैको प्रकृया अन्तरगत राज्यमन्त्री झाले राजिनामा दिनुभएको कतिपयको बुझाई रहेको छ । सरकारमा यस्तै असन्तुष्टि बढ्दै गएपछि राजपा नेपालका अन्य मन्त्रीहरुले पनि राजिनामा दिएर समाजवादी पार्टीलाई अल्पमतमा पारेर सरकारबाट अलग पार्ने रणनीति रहेको कतिपयको बुझाई रहेको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..