» » » रिजवानले पनि दिनुभयो नेकपा–राजपा गठबन्धनलाई साथ


काठमाडौं माघ ५ गते । रिजवान अन्सारी अध्यक्ष रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि राष्ट्रिय सभा चुनावमा राजपा–नेकपा चुनावी गठबन्धनलाई सघाउने सहमत भएको छ ।

आज नेपाल संघीय समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल बीच भएको सहमति अनुसार माघ ९ गते प्रदेश २ मा हुन गइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाल संघीय समाजवादी पार्टीका मतदाताले नेकपाका महिला तर्फका उम्मेदवार तुलसा कुमारी दाहाल, दलित तर्फका उम्मेदवार राधेश्याम पासवान र राजपा नेपालका अन्य समूहका तर्फबाट उम्मेदवार मृगेन्द्रकुमार सिंह यादव, अल्पसँख्यक तर्फका उम्मेदवार शेखरकुमार सिंहलाई मतदान गर्ने सहमति गरेको छ । 

अगामी दिनमा पनि राजनीतिक रुपमा सहकार्य र सहयोग आदान–प्रदान कार्य जारी रहने तीन दलबीच सहमति भएको समाजवादी पार्टीका अध्यक्ष रिजमान अन्सारीले बताउनुभयो । प्रदेश २ मा समाजवादी पार्टीको दुईजना मतदाता छन् ।

यसअघि नेकपा र राजपा नेपालबीच दुई बुँदे समति भएको थियो । चारवटा सीट रहेको प्रदेश २ मा दुई–दुईटा सीट नेकपा र राजपा नपालले बाँडेका छन् । राजपा–नेकपाबीच सहमति भएपछि उता समाजवादी पार्टीले काँग्रेससँग गठबन्धन गरेको छ ।   

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..