» » महन्थ ठाकुरले भन्नुभयो, ‘केन्द्रीय अधिकारका कारण राजतन्त्रको अनुभुती भइरेको छ’

काठमाडौं माघ २ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले देशमा लोकतन्त्र आएपनि केन्द्रिय अधिकारका कारण राजतन्त्रको अनुभुति भइरहेको बताउनुभएको छ ।

राजपा नेपालको केन्द्रिय कार्यालयमा विहिवार आयोजित युवाहरुको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देश एक राष्ट्रवाद तर्फ आगाडि बढेकाले देशमा जाति, धर्म, भाषा, क्षेत्र, समुदायका आधारमा केही केंद्रित वर्गहरुले विभेद गरेको बताउनुभयो ।

देश संघीयतामा गएपनि शासन र शक्ति राजतन्त्र भन्दा भिन्न छैन बरु सत्तापक्ष अझै शक्तिशाली भएर उम्केका छन् । उहाँले अधिकार सिमित भएपछि देशमा भ्रष्टाचारको बरचस्व बढदै गएको जसले आर्थिक र सामाजिक रुपमा पछाडी परेका छन् पछाडी पारिएको बताउनुभयो ।

कार्यक्रममा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले हिमाल , पहाड र तराईका जनतालाई अधिकारधारक बन्न न दिनका लागि मौजूदा लोकतान्त्रिक व्यवस्थाले अवरोध गरेको बताउनुभयो ।

उहाँले नेपाललाई बहुलराज्य राष्ट्र बनाउने अभियानमा राजपा नेपाल लागेको बताउदै नेपाललाई बहुलराज्य राष्ट्र बनाउनका लागि एउटा मजबुत संगठनको आवश्यकता रहेको बताउनु भयो । उहाँले नेपाललाई नस्लीय राष्ट्रवादबाट मुक्ति दिलाउने लडाईमा रहेको र बहुलराज्य राष्ट्र न भएसम्म संघर्ष जारी रहने बताउनु भयो ।

पार्टी प्रवेश कार्यक्रममा यूनाइटेड मधेशी अफ नेपालका संस्थापक रहनुभएका मधेश आन्दोलनको सकृय युवा संजय यादवको नेतृत्वमा १०० जना भन्दा बढी युवाहरुले पार्टी प्रवेश गर्नुभएको छ । संजय यादवले युवा नै परिर्वतनको मूल धारक भएको बताउदै राजनीतिको माध्यमबाट देश र समाजमा आमूल परीवर्तन ल्याउने बताउनुभयो ।




About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..