» » हामी मुकदर्शक मात्र भएका छौं–मुख्यमन्त्री राउत


जनकपुर पुस २९ गते। मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर जलवायु परिवर्तन नरोकिन बताउनु भएको छ ।

नीति अनुसन्धान प्रतिष्ठान, परराष्ट्र मन्त्रालय , र परराष्ट्र मामिला अध्यन प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक सगरमाथा संवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनु भएको हो ।

जलवायु परिवर्तनलाई रोक्न फिल्डमै काम गर्नुपर्ने बताउनु हुँदै मुख्यमन्त्री राउतले आफनो समस्या पहिल्याउनुको साटो विदेशीको समस्यालाई सभागो्ष्ठीमा केलाउने प्रवृति अन्त्य गर्नुपर्ने बताउनु भयो ।

चुरेको दोहन र वन विनासले नेपालमा प्राकृतिक विपद निम्त्याएको उल्लेख गर्नु हुँदै उहाँले चुरे दहन र वन विनास रोक्नुको साटो जलवायु परिवर्तन रोक्न सभा सम्मेलनमा समय खर्चिनु दुभाग्यपूर्ण रहेको उल्लेख गर्नु भयो् ।

उहाँले भन्नुभयो,‘ दिन दहाडै बालुवा क्रसर उद्योगले चुरे दोहन गर्दैछन, दिनहु वन विनास हुँदैछ , रोक्ने प्रयास गर्नेहरुको दिन दहाडै हत्या हुँदैछ हामी मुक दर्शक भएका छौ । प्रहरी हाम्रो मातहतमा छैनन् , संघीय सरकार मातहतको प्रहरी प्रशासनले रोक्न सकेको छैन यो भन्दा ठूलो दुर्भाग्यको कुरा अरु के होला ।’
तलदेखि माथिसम्मको सेटिङ्गमा जलवायु परिवर्तनको दुष्प्रभाव निम्त्याउने खेल भई रहेको आरोप समेत उहाँले लगाउनु भयो ।

विकासको नाममा चुरे र वनजंगल विनास गर्ने काम भइ रहेको तर्फ सचेत गराउनु हुँदै मुख्यमन्त्री राउतले भन्नुभयो ‘ अहिले विभिन्न नेताहरुको चुरे विनास गरेर धमाधम सडकहरु निर्माण हुँदैछन् । त्यसको दुष्प्रभाव तराई मधेशमाथि पर्ने निश्चित छ । यसलाई रोक्न पर्यावरण विदहरुलाई कलम चलाई दिनु पर्दछ । तीनै तहका सरकारको आँखा खोलि दिने काम गरि दिनुपर्दछ ।

प्रकृतिमाथि भई रहेको अतिक्रमणकै कारण प्रकृतिले मानव जातिलाई दण्डित गरि रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रकृतिमाथिको अतिक्रमण अविलम्ब नरोकिए ठुलो समस्या निम्तिने चेतावनी समेत दिनु भयो ।

निति अनुसन्धान प्रतिस्ठान सदस्य डा सुरेन्द्र लाभको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा प्रदेश निति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झा , राष्ट्रिय योजना आयोगका सदस्य उषा झा, प्रदेश सभाका सदस्यहरु, सुरक्षा निकायका प्रमुखहरु, उद्योग, वन तथा पर्यटन मन्त्रालयका प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियोे ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..