» » उपेन्द्र यादवले भन्नुभयो, मुलुकले अझै एउटा क्रान्तिको खोजिरहेको छ्’

महोत्तरी, पुस १६ गते । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अझै् एउटा क्रान्तिको आवश्यकता रहेको बताउनु भएको छ ।

समाजवादी युवा संघ महोत्तरीको प्रथम जिल्ला सम्मेलनलाई सोमवार उद्घाटन गर्नुहुँदै अध्यक्ष यादवले विगतमा भएको तीनवटा क्रान्तिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गराए पनि मुलुकमा कायम रहेको एउटै वर्गको शासन अन्त्य गरि सबैको साझा मुलुक निर्माणको लागी मुलुकले अझै एउटा क्रान्ति खोजिरहेको बताउनुभयो ।

उत्पीडन, शोषण र दमनविरुद्ध अवसरमा सामनता र राजनीतिक अधिकारका लागि संघर्ष जारी नै रहेको उल्लेख गर्नुहुँदै उहाँले नयाँ क्रान्तिका लागी तयार भएर बस्न नेता कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो ।

संविधानमा रहेको त्रुटीहरुलाई सच्याउदै सबैको संविधान निर्माणको लागि आफुहरु नेकपालाई दुई तिहाई पु¥याउन दुई बुँदे सहमति गरि सरकारमा सहभागी भए पनि नेकपा आफ्नै सहमतिबाट पछि हटेकोले आफुहरु सरकार छाडेको दावी गर्नुभयो । उहाँले अबको आन्दोलन सडक र सदनबाट हुने समेत स्पष्ट पार्नु भयो ।

युवा संघ महोत्तरीका अध्यक्ष मुकेश यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा समाजवादी पार्टीका उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोनलको बलमा स्थापित संघीयतालाई संस्थागत गर्ने जिम्मा उत्पिडित वर्गको नै रहेको उल्लेख गर्नु भयो । उहाँले संगठन नै सबै भन्दा ठूलो शक्ति रहेको उल्लेख गर्नु हुँदै युवाहरुलाई सगठन निर्माण जुृटन आग्रह समेत गर्नु भयो ।

कार्यक्रममा पार्टीका राष्ट्रिय उपाध्यक्ष रेणु यादव, केन्द्रिय कोषाध्यक्ष एंवं प्रदेश नंं. २ का अध्यक्ष विजय कुमार यादव, केन्द्रिय सदस्य हरिनारायण यादव, केन्द्रिय सदस्य एवं युवा संघका केन्द्रिय अध्यक्ष योगेन्द्र राय, पार्टीका जिल्ला अध्यक्ष नागेन्द्र यादव सहितका वक्ताहरुले सम्मेलनको सफलताको कामना गर्दै युवाहरुलाई संगठनमा जुटन आग्रह गर्नु भएको थियो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..