अध्यक्षमा राजिव ढुङ्गानाको नाममा लगभग सहमति भईसकेकोले सो पछिको महत्वपुर्ण पद महामन्त्रीमा ८ पदका लागि करिब डेढ दर्जन नेताहरुले आआफ्नो गुटमा दावी पेश गरेका हुन।संस्थापन र पौडेल समुहले घरघ र सिटौला समुहले द्द पाउने गरी भागवण्डा भएको छ।
सिटौला पक्षमा महामन्त्रीमा खासै विवाद रहेको नदेखिएपनि संस्थापन र पौडेल समुहमा आकाक्षीको व्यवस्थापनमा कठिन देखिएपनि आगामी काँङ्ग्रेस केन्द्रिय कार्यसमितको वैठकबाट नयाँ कार्यसमिति घोषणा हुने सम्भावना देखिएको छ।
संस्थापन पक्षबाट महामन्त्रीको आकांक्षीमा शुभराम बस्नेत, महेश्वरी कुवर, संजय यादव, मनोज वैद्य, दुजाङ शेर्पा, मनिष सिजापति लगायत रहेका छन् भने पौडेल समुहबाट हिमालदत्त श्रेष्ठ, विष्णु पौडेल, दीपक भट्टराई, मनहरी श्रेष्ठ, मोति भण्डारी, युपी लामिछाने, लिला वल्लव दाहाल, विनयराम भट्ट, उर्मिला थपलिया, सागर परियार, निलकण्ठ रिजाल, प्रकाश महर्जन लगायत रहेका छन्। सिटौला पक्षबाट भने युवराज पाण्डे र वलदेव तिमल्सिनामा लगभग सहमति जुटेको नेताहरुले बताएका छन्।
संस्थापन र पौडेल समुहमा घरघ जनाको नाममा सहमति जुटाउन नेताहरुलाई हम्मे हम्मे परेको देखिएको र उपगुटको आआफ्नै उम्मेदवार महामन्त्रीमा रहेकाले विद्यार्थीको चाहना अनुसार आउनैपर्ने नामहरु काटिने र नेताहरुको कोटरीबाट नामहरु आउदा आगामी स्ववियु निर्वाचनमा समेत असर पर्न सक्ने आगामी स्ववियुका आकांक्षीहरुको चिन्ता रहेको देखिएको छ।यद्यपी संस्थापन पक्षले पनि सहमतिमै नाम सिफारिस गर्न सक्ने देखिएपनि पौडेल पक्षमा झनझन सकस देखिएको नेताहरुले बताउने गरेका छन्।
नेविसंघमा पौडेल पक्ष नै सधै हावी हुने गरेको आकांक्षीहरुलाई व्यवस्थापन गर्न गाह्रो देखिएको हो। यसै समुहबाट दावी गरिरहेका दीपक भट्टराई र विनयराम भट्ट त्रिचन्द्र क्याम्पसवाटै राजनिति गरी हाल सोहि क्याम्पसका आंशिक प्रध्यापक समेत हुन्। साथै आकांक्षीहरू मध्ये कम मात्रै हाल कलेजको विद्यार्थि रहेका तथा उमेरले द्धण् कटिसकेको रहेका छन्।
स्ववियु निर्वाचनमा असर पर्न सक्ने गरी समिति आएमा नेविसंघ र पार्टीलाई नै ठुलो घाटा हुने हुदाँ सो तर्फ ध्यान दिन समेत विद्यार्थिहरुले नेतृत्वलाई सचेत गराएका छन।कतिपय नेताहरुको व्यवस्थापन नगरेमा महत्वपुर्ण कलेजको स्ववियु नेतृत्व गुम्नेमा विभिन्न कलेजका नेताहरुले चिन्ता व्यक्त गरेका छन्।
अहिले आएको समिति नेताहरुले आफ्नो निकटका विद्यार्थी नेतालाई मात्र व्यवस्थापनमा ध्यान दिने तर स्ववियु निर्वाचन र कलेजमा प्रभाव पार्न सक्ने 'हेभिवेट' नेताको व्यवस्थापन नगर्ने हो भने ठुलो मुल्य चुकाउनुपर्ने तर्फ सचेत हुनुपर्नेमा ति नेताहरुले जोड दिएका छन्।
त्रिवि केन्द्रिय कलेजमा मनिष सिजापति, त्रिचन्द्र कलेजमा विष्णु पौडेल, शंकरदेव कलेजमा शुभराम वस्नेत, पशुपति कलेजमा मनोज वैद्य, पद्यकन्यामा महेश्वरी कुवर, पाटन क्याम्पसमा अनिल खनाल विना स्ववियु चुनाव जित्न नसकिने र यी नेता उल्लेखित क्याम्पसमा ूडी फ्याक्टोू नेताको रुपमा रहेका नेता भएकोले उनीहरुको व्यवस्थापन विना हुने स्ववियु चुनाव नेविसंघका लागी चुनौतीपुर्ण हुने स्ववियु चुनावका आकाक्षीहरुले बताउने गरेका छन्। तसर्थ अब आउने समिति पार्टी नेताका आसेपासे व्यवस्थापन मात्र गर्ने गरी आउछ कि साँच्चै दुख गरेका र कलेजमा प्रभाव पार्न सक्ने नेताहरुलाई समेत व्यवस्थापन गर्ने गरी स्ववियु निर्वाचन केन्द्रित भएर आउछ अझै केहि दिन कुर्नुपर्ने देखिन्छ।
No comments: