» » राजपा नेपालमा राष्ट्रियसभा सदस्यका लागि घम्साघम्सी, मनोज र केशवको सम्भावना

काठमाडौं पुस १८ गते । राष्ट्रिय जनता पार्टी नेपालको आज बसेको अध्यक्षमण्डलको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न सकेन ।

आज अबेरसम्म बसेको बैठकमा राजपा नेपालका अध्यक्ष‌ण्डलका सदस्य बीच कुरा नमिलेपछि बैठक स्थगित भएको बताइएको छ । महन्थ ठाकुरले वृषेशचन्द्र लाललाई दोहोर्याउनु पर्ने वा आफ्ना सन्धि उमाकान्त झालाई उम्मेदवार बनाउनु पर्ने प्रस्ताव गरेका थिए ।

त्यस्तै, राजेन्द्र महतोले राजिव झा या बिमल मेडियाको नाम‌ प्रस्ताव गरेका थिए । महेन्द्र राय यादवले रमेश यादवलाई दोहोर्याउनु पर्ने प्रस्ताव राखेका थिए ।
शरतसिंह भण्डारीले शेखरसिह वा केशव झा मध्ये एकजना कसैको हुनु पर्ने प्रस्ताव गरेका थिए ।

 स्रोतका अनुसार राजकिशोर यादव र अनिल झाको कुनै प्रस्ताव थिएन । बैठकमा अन्य अन्यको नाम पनि आएका थिए तर सबैमा छलफल भएपनि निष्कर्ष निकाल्न सकिएन । भोली पुनः बैठक बस्नेछ ।

विशेष स्रोतका अनुसार राजपा महासचिव केशव झा र मनोज चौधरीको विशेष सम्भावना रहेको छ ।

झा शरतसिंह भण्डारी पक्षका हुन् भने चौधरी राजेन्द्र महतो पक्षका हुन् ।

यसैबीच, राजपाका सचिव अनिल महासेठले सिनामंगलमा एक गोप्य भेला गरेका थिए ।

त्यसमा उहाँले एउटा सीट राजेन्द्र महतोले जसरी पाउनु पर्ने दावी गर्नु भएको थियो । उहाँले त्यहाँ भन्नुभएको थियो कि जसले जति कराए पनि हस्ताक्षर गर्ने अधिकार आफ्नै हातमा जसलाई मन लाग्छ त्यसलाई हस्ताक्षर गरेर दिन सकिन्छ ।

महासेठ राजेन्द्र महतोकाा दमाद (ज्वाई) पनि हुनुहुन्छ । राजेन्द्र महतो अध्यक्ष मण्डलका संयोजक पनि हुनुहुन्छ । त्यही भएर महासेठले जसलाई मन लाग्छ त्यसलाई टिकट दिने दावी गर्नु भएको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा महासेठका साथै मनोज चौधरी, राजिव झा, केशव झा, राजु चौधरीलगायतका नेताहरु रहेको स्रोतले जनाएको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..