![]() |
FILE PHOTO |
त्यसमा १०० जना बढी समातिएका छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को चीन भ्रमणको पूर्वसन्ध्यामा भएको यो अप्रेशन सफल भएको प्रहरीले बताएको छ ।
गृह मन्त्री थापाको चीन भ्रमणसम्बन्धी प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो । उनी जनवरी महिनाभित्रै चीन जाँदैछन् ।
सोमबार चलाइएको अपरेसनमा मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठबाट १२२ जना पक्राउ परेका थिए । पक्राउ परेका चिनियाँ नागरिकले अंग्रेजी भाषा नबोलेका कारण बयान लिन कठिनाइ भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चिनियाँ नेपालमा भएका अपराधमा संलग्न देखिएमात्रै यहाँबाट मुद्दा चलाउने सरकारी तयारी छ । नभए अध्यागमन विभागले उनीहरुलाई निष्कासन गर्ने एक अधिकारीले बताए । नेपाल र चीनबीच सुपुर्दगी सन्धि नभएकाले निष्कासन गरेर उनीहरुलाई चीन पठाउन लागिएको हो ।
No comments: