» » समाजवादीको उपनेतामा रेणु र सरिताको दावी

काठमाडौं पुस ८ गते । समाजवादी पार्टीमा संसदीय दलको उपनेता चयनको विषय प्रवेश पाएको छ ।
आज बसेको संसदीय दलको बैठकबाट संसदीय दलको उपनेता चयन गर्ने प्रस्ताव पनि थियो । तर राजिनामा काण्डले उपनेता चयनको विषय गौण भएको थियो ।

उपनेता कसलाई बनाउने विषय प्रवेश भएपछि पार्टीका उपाध्यक्ष रेणु यादव र नेतृ सरिता गरीले दावेदारी दिनु भएको छ ।

छलफलमा उनी दुईजनाले आफू उपनेताको दावेदार रहेको प्रस्ताव राखेको बैठकमा सहभागी एक सांसदले बताउनुभयो । यादव र गिरी दुवैजना समानुपातिक सांसद हुनुहुन्छ ।

रेणु यादव शुरुदेखि सोही पार्टीमा संलग्न भएको नेतृ हुनुहुन्छ भने सरिता गिरी पछि नेपाल सद्भावना पार्टीलाई सो पार्टीमा मिसिन पुग्नुभएको थियो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..