» » स्थायी कमिटीको बैठकमा विष्णु रिमालले पेस गरेको टिप्पणी र सुझाव

प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालले नेकपा स्थायी समितिमा राखेका लिखित टिप्पणीः
अध्यक्षद्वयद्वारा प्रस्तुत प्रतिवेदनको दिशा मूलतः सही छ। पूर्ववक्ता अन्य कमरेडहरू झैं मेरो पनि यसप्रति समर्थन छ। आफ्न राय राख्ने क्रममा विषयवस्तु ठोस र प्रस्तुति शिष्ट हुँदा नै राम्रो हुन्छ भन्ने ठान्दछु।
– बैठक ढिलो भयो। कारण प्रतिवेदनमा दिइएको छ। त्यसबाट भएका अप्ठ्याराहरू पनि उल्लेख छ, यसमा थप बहस गरिरहनु आवश्यक ठान्दिनँ। धेरै कमरेडहरूले यसबारे बोली सक्नु भएको छ।
– केही विषयहरू प्रतिवेदनमा नराख्दा उचित हुने पूर्ववक्ता कमरेडहरूको भनाइमा पनि मेरो सहमति छ। अन्तर्रा्ष्ट्रिय परिस्थितिको कुनचाहिँ पाटोलाई हामीले हाम्रो प्रतिवेदनको अंश बनाउने? कुन चाहिँ हाम्रा कामको लागि उपयुक्त सन्दर्भ हुन्छन्, कुन ज्ञानका लागि मात्रै? अलि ध्यान दिनु पर्छ होला। (मित्रहरूलाई एन्टागोनाइज गर्ने खालका अभिव्यक्ति नहोस्।) ५० अर्बमा अस्मिता बेच्ने? जस्ता शब्द ठीक हैन।
– परराष्ट्र सम्बन्ध र छिमेक सम्बन्धका सन्दर्भमा हाम्रो भूमिका प्रभावकारी भएको छ। यस सम्बन्धमा परराष्ट्रमन्त्रीले विस्तृत जानकारी गराउनु नै भएको छ। मेरो जोड के मात्रै छ भने हाम्रो परराष्ट्र नीतिको सवलता प्रतिविम्बित भएको छ। प्रधानमन्त्रीको विभिन्न मुलुकमा भएका भ्रमणहरू र सम्झौतारसहमति यस सन्दर्भमा उल्लेखनीय छ।
– भारतसँगको सीमा समस्या आज एकाएक उत्पन्न भएको नभएर जारी समस्या हो। ९८ प्रतिशत सीमा समस्या हल भएको तर हल हुन बाँकी समस्यासँग जोडिएर ६ दर्जन जति स्थानमा विवाद नटुङ्गिएको भन्दै आएका थियौं। त्यसमा केही फेरबदल भएको हो र? तथ्य, प्रमाण, सबैले लिम्पियाधुरा–लिपुलेकसहितको कालापानी क्षेत्र हाम्रो हो। यसलाई प्राप्त गर्ने माध्यम कूटनीति नै हो, संवाद हो। यो आवेग वा उत्तेजनापूर्ण अभिव्यक्तिले हल हुने विषय हैन। समस्या हल गर्न गरिने कूटनीतिका औपचारिक वा अनौपचारिक विभिन्न पहललाई शान्त रूपमा गरिनु पर्नेमा परिणाम जेसुकै होस् प्रचार चाहिँ होस् भने जस्तो हुनुहुन्न।
राष्ट्रिय परिस्थिति,
हामीप्रति सकारात्मक जनमत हुनुको एउटा कारण जनताका मुर्छित सपना ब्युँताउनु सक्नु पनि थियो। अब केही हुन्छ भन्ने सन्देश दिनु थियो। आर्थिक विकासको गतिविधिले सरकार सञ्चालनका काम सकारात्मक दिशातिर भए, हुँदैछन् भन्ने नै संकेत गरिरहेको छः
१. विश्वव्यापी रूपमै औद्योगिक क्षेत्रको विस्तारमा संकुचन आइरहेको भएतापनि नेपाली अर्थतन्त्रले राम्रो काम गरिरहेको छ। गत आर्थिक वर्ष ७.१ प्रतिशतले आर्थिक वृद्धि भयो। हालसालै बेलायतको प्रसिद्ध पत्रिका– ‘द इकोनोमिस्ट’ले गरेको सर्भेक्षणमा नेपाललाई उच्च आर्थिक वृद्धि गर्ने १० मुलुकमा समावेश गरिएको छ। चालू आर्थिक वर्षको बजेटमा प्रक्षेपण गरिएको ८.५ प्रतिशतको वृद्धिदर हासिल गर्न असम्भव छैन तर, थप प्रयास जरूरी छ।
२. गत आर्थिक वर्ष ८ प्रतिशतको हाराहारीमा रहेको उद्योग क्षेत्रको वृद्धि चालू वर्षको अन्त्यमा झण्डै दोब्बर हुने अपेक्षा गरिएको छ।
३. चालु आर्थिक वर्षको पहिलो ३ महीनामै करीब १९ अर्ब ६० करोड रूपैयाँ लगानी गर्ने गरी १२० वैदेशिक लगानी सम्बन्धी उद्योगहरू दर्ता भएका छन्। यस अवधिमा उद्योगको संख्या १३ हजार १५५ पुगेको छ, जसमा ठूला २८, मझौला ४९ र लद्यु, घरेलु तथा साना १३ हजार ०३८ छन्।
४. पर्यटकस्तरीय (एक हजार १२५) र तारे होटल (१२९) को संख्यामा वृद्धि भएको छ। पर्यटक आगमनको संख्यामा पनि वृद्धि भएको छ।
५. सरकारी कोषमा बचत छ।
६. २०७४र७५ मा भन्दा २०७५र७६ मा वैदेशिक सहायताको प्रतिवद्धता झण्डै २७ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको अहिलेसम्म ७२ अर्व ३० करोड रूपैयाँ बरावरको प्रतिबद्धता भइसकेको छ।
८. बैंकिङ क्षेत्रको निक्षेप परिचालन र कर्जाको विस्तार बढेको छ। चार हजार करोड बराबरको सहुलियतपूर्ण कर्जा (व्यवसायिक कृषि र पशुपंक्षी, महिला उद्यमशीलता, दलित समूदाय व्यवसाय, भूकम्प प्रभावित पुनर्निर्माण, वैदेशिक रोजगारबाट फर्केका युवा स्वरोजगार र उच्च प्राविधिक शिक्षा) लगानी भएको (झण्डै २१ हजारमा) छ।
९. ६१ प्रतिशत भन्दा बढी नेपालीको बैंक खाता रहेको अनुमान छ। बैंकका ९ हजार १०० शाखा विस्तार भएका छन्। जम्मा १२ स्थानमा बाहेक सबै स्थानीय तहमा बैंकका शाखाहरू स्थापना भई सकेका छन् (प्रदेश नं. १ मा १, प्रदेश नं. २ मा २, प्रदेश नं. ३ मा २, गण्डकी प्रदेशमा १, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५)।
१०. गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो चौमासिकमा निर्यात २३.४ प्रतिशतले बढेको छ। ६.९ प्रतिशतले आयात घटेको छ, व्यापार घाटा पनि ८.९ प्रतिशतले घटेको छ।
११. यस आर्थिक वर्षको अहिलेसम्म ७ लाख ९८ हजार करदाता थप दर्ता भएका छन् (व्यवसायिक तर्फ एक लाख १५ हजार र व्यक्तिगततर्फ ६ लाख ८३ हजार)।
१२. गत आर्थिक वर्षमा ३ हजार ५४२ करोडले घाटामा रहेको शोधनान्तर स्थित चालू आर्थिक वर्ष एक हजार ४४३ करोडले बचत भएको छ। विदेशी विनिमय सञ्चिति झन्डै ९ महीनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्थामा छ।
१३. अन्यः
(क) विश्व बैंकको व्यवसाय गर्ने वातावरण सम्बन्धी सर्भेक्षणले नेपालको व्यवसायिक वातावरणमा उल्लेख्य सुधार भएको देखाएको छ। गत वर्ष ११०औं स्थानमा रहेको नेपाल यो वर्ष ९४ स्थानमा उक्लेको छ। १० उपसूचकमध्ये निर्माण ईजाजत, विद्युत आपूर्ति, ऋणको उपलब्धता र सीमा व्यापार सहजिकरणमा नेपालको प्रगति उत्साहपूर्ण छ।
(ख) संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले गत हप्ता प्रकाशित गरेको मानव विकास प्रतिवेदन अनुसार नेपाल १४९औं बाट १४७औं स्थानमा उक्लिएको छ। सूचकांकको हिसावले पनि गत वर्षको ०.५७४ बाट ०.५७९ मा उक्लेको छ।
(ग) विश्व भोकमरी सूचकांक मा नेपाल ७३औं स्थानमा (२०.८ सूचकांकसहित) रहेको छ।
(घ) शान्ति सूचकमा नेपालले यस वर्ष १२ विन्दुले सुधार गरेको छ। (१६५ देश मध्ये नेपाल २.०००३ प्राप्तांक सहित ७६औं स्थानमा छ। (बंगलादेश– १०१, चिन–११० भारत– १४१ र पाकिस्तान– १५३ स्थानमा छन्।)
(ङ) कानूनको शासन मा पनि नेपाल गत बर्ष भन्दा २ स्थिति माथि अर्थात १२६ देशहरु मध्ये ५९औं स्थानमा रहेको छ।
(१६ अर्ब माथिको विगो सहितको कारबाही त यस बीचमा राजश्व अनुसन्धान विभागले नै गरिसक्यो। यहाँ चर्चा भएका भ्रष्टाचारका विषय कारबाहीको क्रममा रहेकोमा कमिटी विदितै छ)
(च) २१ राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये ८ वटा (२ विमानस्थल, १ जलविद्युत, २ सडक, १ खानेपानी र २ सिंचाई आयोजना) को कार्यान्वयन सन्तोषजनक छन्।
१४. सुशासनको लागि गरिएका डिजिटल प्रयास यहाँ उल्लेखनीय छ। उदहारणका लागि, इसिटिएस, भेहिकल ट्रयाकिङ प्रणाली, अनुगमन पोर्टल होस्, टेलिप्रिजेन्ससहितको एक्सन रूम आदि उल्लेखनीय छ।
१५. रेल अब सपना मात्रै हैन, इनल्याण्ड वाटर वेज सपना रहेन, पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतीको श्रोत सुनिश्चित भएको छ।
– सिके राउतको अतिवादी समूह, यस अबधिमा मूलधारमा आएको छ। राष्ट्र टुक्राउने नीति बोकेको समूह संबिधान मान्छु, मूलधारमा आउँछु भन्दै सहमतिमा आउनुलाई नकारात्मक रूपमा चित्रण गरिनु उपयुक्त हो र? कसैलाई पनि यथोचित मान÷सम्मानका साथ राजनीतिमा स्पेस दिंदा मुलुकलाई के घाटा हुन्छ?
– संक्रमणकालीन न्यायका विषयमा प्रतिपक्षि दललाई अलि बढी खेल्न दियौं कि भन्ने लागेको छ?
– पार्टी एकतामा गर्व गरौं। केही कमरेडले हाम्रो ऐतिहासिक एकतालाई ‘लाल झण्डा बोकेर लाल झण्डा सिध्याउने षडयन्त्र’को रूपमा बैठकमा प्रस्तुत हुनु भयो। दुःख लाग्यो। एकताका कारण हामी राजनीतिमा तीन नम्बरबाट एक नम्बरमा आइपुगेका छौं। आन्दोलन सक्न त किन एकता गरिरहनु पथ्र्यो?
– कमिटी प्रणालीः हामी डरलाग्दो द्विविधाबाट गुज्रिरहेका छौं। संक्रमणकालमा कमिटीहरू भद्दा हुन्छन्। भद्दा कमिटीमा प्रणालीमा आन्तरिक लोकतन्त्र खुम्चिन्छ, निर्णय प्रकृया साँघुरो घेरामा बाँधिन्छ। हामी नेतृत्व केन्द्रीकरण गर्न हुनुहुन्न भन्छौं, फेरी कमिटी चाहिँ भद्दा माग गर्छौं? विरोधाभास भएन?
कमिटी– कमिटीको लागि, ‘मानका खातिर मान’ पुर्‍याउनका लागि हैन कामका लागि हुनुपर्छ। केन्द्रमा–२ अध्यक्ष, सचिवालय, स्थायी कमिटी, पोलिटव्यूरो, केन्द्रीय कमिटी, राष्ट्रिय परिषद्, प्रदेशमा– त्यस्तै अङ्ग, जिल्लामा– त्यस्तै, ७५३ तह त्यस्तै? हालत भद्दा कमिटीका जञ्जालमा अल्झिएर लड्ने स्थितिको छ।
– फेरि हामीलाई सचिवालयमा नौ जनाले पुगेन १५ चाहियो? यसको अर्थ के हो त? नौ जना, जसलाई अघिल्ला बैठकमा कोर अफ दि लिडर्स भनिएको थियो, अयोग्य भएर हो की, हामी ४५ भन्दा बढी रहेको यो कमिटीमा रहँदा केही कमरेडलाई इज्जत गयो भन्ने भान परेको हो? पछिल्लो हो भने, ४५ वालालाई ४४१ वाला अयोग्य लाग्ने होला? एवम् रितले कुरा तलतल सार्नु पर्ने होला। कति तहको पिर्का भयो भने हामीलाई पुग्ने हो? सामुहिक नेतृत्वको अर्थ के हो?
– त्यसैले, माथि माथि तख्ता थप्दै जाने हैन तलका कमिटी क्रियाशिल बनाऔं। भयो अब अरुमाथि धेरै तखता नथपौं।
– एक व्यक्ति मुख्य जिम्मेवारीको माग सुन्दा सुन्दर लागे पनि प्रकारान्तरमा हरेक कमिटीमा समानान्तर स्पेसको आग्रह देख्छु। तलदेखि माथि ३०औं हजार निर्वा्चित नेताहरू हुनुहुन्छ। उहाँहरूलाई नै नेता हुन दिउँ। निर्वा्चितलाई नेता र विकल्पमा रहेकालाई उपनेता बनाउँदै जाउँ। यही बाटोबाट वैकल्पिक नेतृत्व निर्माण हुन्छ।
– टिकटको आकांक्षा नराख्ने र संसदीय फाँटमा तुलनात्मक रूपमा कम्फर्टेवल साथीहरूलाई छोड्न चाहनेहरूलाई हामी मौका मिल्नासाथ आप्mनै वडामा पनि चुनाव नजित्ने पाङ्ग्रे भन्दै कमरेडली व्यवहार देखाउँछौं। पार्टीमा सबै टिकटका आकांक्षी हुँदैनन्। स्पष्ट होऔं। एकातिर जनताबाट चुनिएको साथी छ, ऊ स्थापित हुँदा हाम्रो पार्टी स्थापित हुन्छ। अर्का्तिर, त्यसैको अवसानमा भविष्य देख्नेलाई पार्टी सत्ताको निर्णायक बनाउनुपर्छ भने जस्तो अभिव्यक्ति हाम्रो छ। जनताले चुनेका एकातिर, परीक्षण हुन बाँकीलाई नियन्त्रक बनाउने बाटो लोकतान्त्रिक होला र? “सबै नेता, सबै जनता” दुनियाँमा कहाँ चल्छ?
– संघीयता अनुरूप कुन कुन कमिटी कार्यकारी, कुन चाहिँ समन्वयकारी अस्पष्ट देख्छु।
– सोचौं, अबको पार्टी निर्माण प्रक्रिया के हो? जनवादी केन्द्रीयताको आजको सन्दर्भमा सिर्जनात्मक प्रयोग कस्तो हुने हो? प्रतिस्पर्धा कि सहमति? प्रतिस्पर्धा हो भने एकताको जोडमा लागेका पाप्राहरू उप्कन्छन कि उप्कन्न? सहमति हो भने आधार के? दुई पार्टीको पृष्ठभूमि, क्षमता वा पूर्वपार्टीहरूभित्र रहेका प्रतिस्पर्धी समूह? यहाँ म शंकर कमरेडको भनाइसँग सहमत छु।
– एउटा चाहिँ स्पष्ट होऔं–कसले चलाएको टीम गुट हो, कसले चलाएको पार्टी? कसलाई चित्त बुझ्दा कुरा मिलेको मान्ने कसलाई नबुझ्दा? व्यवहारमा ओर्लिउँ। हावामा घुस्सा नचलाउँ।
– सिद्धान्तः प्रस्ताव एकताको स्प्रीट बमोजिम सही छ। हाम्रा आ–आफ्ना मान्यता होलान्। जतिखेर बहस खुल्ला होला त्यही बेला चर्चा गरौं। अहिले आफैंलाई कोपरी कोपरी घायल नबनाऔं।
– सरकारः सामान्यकृत गर्न खोजेको हैन। हाम्रो आनीबानी ०५१ सालदेखि नै सरकार नढलेसम्म सरकारले राम्रो काम गर्‍यो भनिएको जानकारी मलाई छैन। मरेपछि नेता महान हुने, ढलेपछि सरकार तगडा गनिने परम्परा हामीले थेगेका छौं। एउटा नमज्जा लागेको कुरा, कहिले पार्टीमा सल्लाह नगरेको आरोप, कहिले पार्टी कमिटीलाई किन साक्षी बसेको भन्ने कुरा कति सुहाँउदो टिप्पणी हो? त्यो पनि वरिष्ठ कमरेडहरूबाट? यो त सिधै प्रधानमन्त्रीप्रतिको पूर्वाग्रह भएन र?
– सरकारको कामको सन्दर्भमा मन्त्री कमरेडहरुले नै भन्नु होला। कार्यसम्पादन सम्झौता प्रभावकारिताको आधार हो, सबै विभिन्न मुलुकमा प्रयोगमा छ। कम्युनिष्ट, गैरकम्युनिष्ट, राजतन्त्रात्मक मुलुकमा समेत। यस्ता विषयमा टिप्पणी हल्का होला कि?
– सार्वजनिक रूपमा हुने गरेको आक्रमण नेकपाप्रति हो, अमूक नेताहरूप्रति हैन, भन्ने पनि बुझ्न आवश्यक छ। हिजो प्रमप्रति सोझिएका आक्रमण अर्का अध्यक्ष र सचिवालयका नेताहरूप्रति पनि सोझिएको छ।
सरकार असफल हुँदा एक प्रधानमन्त्री र केही मन्त्री मात्रै असफल हुने हैन। त्यसले पछिल्ला उत्तराधिकारीहरूलाई पनि पिर्छ। असफलताको जगमा कहाँ नयाँ सफल महल उभिएला र?
– उपनिर्वाचनः समग्रमा भोट बढ्यो। सिट बढ्यो (५२ मध्ये ३१ (५९.८ प्रतिशत), एकताअघि २ पार्टीले पाएको २८ (५३.८ प्रतिशत), तीन सिट बढी (५.८प्रतिशत)। आत्तिनु किन प¥यो र? यस सन्दर्भमा शंकर कमरेडले लामै चर्चा गर्नु भएको छ। अरू कमरेडहरूले पनि गर्नु भएको छ। त्यसमा मेरो समर्थन छ।
– अभियानः जनसंगठन एकीकरण टुङ्याउँ। कतिपय जनसंगठनका आप्mनै बार्षिक कार्यक्रम छन्, प्रभावकारी ढंगले लागू गर्न प्रेरित गरौं।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..