» » चिनियाँ लगानीको होङसी सिमेन्ट उद्योगलाई कारवाही

काठमाडौं पुस १४ गते । चिनियाँ संयुक्त लगानीको होङसी सिमेन्ट गुणस्तरहीन भएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । गुणस्तरहीन उत्पादन गरेको उद्योगलाई विभागले १५ दिनको स्पष्टीकरण समेत सोधेको छ ।

विभागले सिमेन्टको नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्दा गुणस्तर अनुरुप नपाएपछि कार्वाहीको तयारी स्वरुप १५ दिने स्पष्टीकरण सोधिएको हो ।

होङसीमा इनिसियल सेटिङ आधा घण्टामा हुनुपर्नेमा नरहेको परीक्षणमा पाइएको छ । विभागले यो उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिह्न नियमावली २०४० अनुसार कार्वाही गरिने जनाएको छ ।

आफूलाई प्रबिधिसम्पन्न दाबी गर्ने होङसी सिमेन्ट यसअघि गुणस्तर बिभागबाट परीक्षण हुँदा समेत कमसल सिमेन्ट उत्पादन गरेको भन्दै पटक पटक कारबाहीमा पर्दै आएको छ ।

पाँच प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तर मानिँदैन । विभागले म्याग्नेसियम बढी भएका सिमेन्ट उद्योगलाई कम म्याग्नेसियम भएको सिमेन्ट उत्पादन गर्न पत्राचारसमेत गरेको छ । कम म्याग्नेसियम उत्यादन नगर्ने सिमेन्ट उद्योगको इजाजतपत्र खारेज गर्ने विभागले जनाएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..