» » राजदूत पुरी विदाई भेटघाटमा व्यस्त

काठमाडौं पुस ८ गते । नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाइ भेट गनुृभएको छ ।

राजदूता पुरी राष्ट्रपति भण्डारीलाई शितल निवास र प्रधानमन्त्री ओलीलाई बालुवाटारमा गएर विदाई भेट गर्नुभएको छ । भेटवार्ताका अवसरका प्रधानमन्त्री ओलीले राजदूत पुरीको कार्यकालमा नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिएको भन्दै प्रशंसा गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।


बिदाइ भेटका अवसरमा प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई करुवा उपहार दिनुभएका थियो । मार्च २५, २०१७ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका पुरीको ३ वर्षे कार्यकाल सकिएको छ । उहाँ डिसेम्बर ३१ तारेखमा अवकाश प्राप्त गरी स्वादेश फर्किन लाग्नु भएको हो ।  नयाँ दिल्लीले पुरीको ठाउँमा कसलाई पठाउने भन्नेबारेमा जानकारी औपचारिक जानकारी दिएको छैन । तर विकास स्वरुप, अखिलेश मिश्रालगायतको नाम भने चर्चामा रहेको छ ।

मंगलबार नै राजदूत पुरीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित निवासमा विदाई भेट दिनुभएको छ । शान्त स्वभावका राजदूत पुरी कूटनीतिक भूमिकामा पनि शान्त तवरले नै प्रस्तुत हुने व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । भारतका तर्फबाट संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधित्वको भूमिकासँगै भारतीय सुरक्षा परिषद, परराष्ट्र सेवामा समेत उहाँ अब्बल रहनु भएको थियो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..